नेपाली फिल्म ‘बद्री बहादुर’ का दुई नयाँ पोस्टर शुक्रबार सार्वजनिक

नेपाली फिल्म ‘बद्री बहादुर’ का दुई नयाँ पोस्टर शुक्रबार सार्वजनिक : Icon Khabar

काठमाडौं, जेठ २६ । शोभित बस्नेतद्वारा निर्देशित नयाँ नेपाली फिल्म ‘बद्री बहादुर’ का दुई नयाँ पोस्टर शुक्रबार सार्वजनिक गरेको छ। यो फिल्म आगामी असार २९ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

रवि अधिकारी कार्यकारी निर्माता रहेको यो फिल्ममा जयकिशन बस्नेत, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत, धिरेन शाक्य, शोभित बस्नेत, उत्तम केसी, लय संग्रौला र एलिना गुरुङलगायतका कलाकारको अभिनय छ ।

समीर मिया सह–निर्माता रहेको कमेडी जनराको फिल्ममा सलोन बस्नेत र पूजा शर्माको विशेष भूमिकामा अभिनय छ । फिल्ममा रामकाजी घिमिरेको लेखन, विनोद सापकोटाको छायांकन, टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, शिव विकको नृत्य, शंकर महर्जनको द्वन्द्व र बन्दे प्रसादको सम्पादन छ ।

एबी पिक्चर्स फार्म र सलोन सलीना फिल्मस्को व्यानरमा निर्माण भएको फिल्म काठमाडौं, लमजुङ, धरान र संखुवासभा जिल्लामा छायांकन गरिएको छ । विजय गोपाली दली प्रस्तुतकर्ता रहेको फिल्ममा मिथुन भोटे निर्माता छन् । फिल्मको वितरण आरआर फिल्मसले गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 June 2023
Website | + posts




ताजा
रियल म्याड्रिडद्वारा बार्सिलोना २–१ ले पराजित
आमादब्लम हिमाल आरोण गर फर्किने क्रममा घाइते भएका आरोहिको मृत्यु
सामसङ नेपालद्वारा ‘शार्क ट्याङ्क नेपाल’ का शार्कहरूलाई ग्यालेक्सी जेड फोल्ड ७ प्रदान
अमेरिकासँग नेपाल १ सय ६ रनले पराजित


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने