नेपाली फिल्म ‘बद्री बहादुर’ का दुई नयाँ पोस्टर शुक्रबार सार्वजनिक

नेपाली फिल्म ‘बद्री बहादुर’ का दुई नयाँ पोस्टर शुक्रबार सार्वजनिक : Icon Khabar

काठमाडौं, जेठ २६ । शोभित बस्नेतद्वारा निर्देशित नयाँ नेपाली फिल्म ‘बद्री बहादुर’ का दुई नयाँ पोस्टर शुक्रबार सार्वजनिक गरेको छ। यो फिल्म आगामी असार २९ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

रवि अधिकारी कार्यकारी निर्माता रहेको यो फिल्ममा जयकिशन बस्नेत, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत, धिरेन शाक्य, शोभित बस्नेत, उत्तम केसी, लय संग्रौला र एलिना गुरुङलगायतका कलाकारको अभिनय छ ।

समीर मिया सह–निर्माता रहेको कमेडी जनराको फिल्ममा सलोन बस्नेत र पूजा शर्माको विशेष भूमिकामा अभिनय छ । फिल्ममा रामकाजी घिमिरेको लेखन, विनोद सापकोटाको छायांकन, टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, शिव विकको नृत्य, शंकर महर्जनको द्वन्द्व र बन्दे प्रसादको सम्पादन छ ।

एबी पिक्चर्स फार्म र सलोन सलीना फिल्मस्को व्यानरमा निर्माण भएको फिल्म काठमाडौं, लमजुङ, धरान र संखुवासभा जिल्लामा छायांकन गरिएको छ । विजय गोपाली दली प्रस्तुतकर्ता रहेको फिल्ममा मिथुन भोटे निर्माता छन् । फिल्मको वितरण आरआर फिल्मसले गर्दैछ ।

Published Date: 09 June 2023


ताजा
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
शुक्रबार बिहान ५–६ बजे प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
चीनका शहरमा सेलिब्रिटी होइन, वैज्ञानिकका तस्वीर; नेपालमा पनि यस्तो अभियान सुरु गर्ने हो कि?
कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग