राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका मेडिकल ल्याब टेक्नोलेजिष्ट ५० हजार घुससहित पक्राउ

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका मेडिकल ल्याब टेक्नोलेजिष्ट ५० हजार घुससहित पक्राउ : Icon Khabar

काठमाडौं, जेठ २६ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका मेडिकल ल्याब टेक्नोलेजिष्ट ५० हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज (शुक्रबार) काठमाडौं प्रयोगशालामा कार्यरत (अधिकृत छैटौं तह) लेखानाथ भट्टराईलाई पक्राउ गरेको हो ।

आयोगका प्रवक्ता भोला दाहालले अधिकृत भट्टराईले ५० हजार घुस लिइसकेको अवस्थामा रकमसहित पक्राउ गरेको जानकारी दिए ।

भट्टराईले ल्याब दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भनेर सेवाग्राहीसँग घुुस मागेको आरोप छ ।

प्रवक्ता दाहालले घुस माग गरेको सूचना पाएपछि आयोगको टोलीले भट्टराईलाई ५० हजार घुससहित काठमाडौं महानगरपालिका–३१ शंखमुलबाट पक्राउ गरेको बताए।

Published Date: 09 June 2023


ताजा
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
शुक्रबार बिहान ५–६ बजे प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
चीनका शहरमा सेलिब्रिटी होइन, वैज्ञानिकका तस्वीर; नेपालमा पनि यस्तो अभियान सुरु गर्ने हो कि?
कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग