राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका मेडिकल ल्याब टेक्नोलेजिष्ट ५० हजार घुससहित पक्राउ

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका मेडिकल ल्याब टेक्नोलेजिष्ट ५० हजार घुससहित पक्राउ : Icon Khabar

काठमाडौं, जेठ २६ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका मेडिकल ल्याब टेक्नोलेजिष्ट ५० हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज (शुक्रबार) काठमाडौं प्रयोगशालामा कार्यरत (अधिकृत छैटौं तह) लेखानाथ भट्टराईलाई पक्राउ गरेको हो ।

आयोगका प्रवक्ता भोला दाहालले अधिकृत भट्टराईले ५० हजार घुस लिइसकेको अवस्थामा रकमसहित पक्राउ गरेको जानकारी दिए ।

भट्टराईले ल्याब दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भनेर सेवाग्राहीसँग घुुस मागेको आरोप छ ।

प्रवक्ता दाहालले घुस माग गरेको सूचना पाएपछि आयोगको टोलीले भट्टराईलाई ५० हजार घुससहित काठमाडौं महानगरपालिका–३१ शंखमुलबाट पक्राउ गरेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 June 2023
Website | + posts
ताजा
वैदेशिक अध्ययनमा नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड
मंगलबार नेप्से परिसूचक १८.३७ अंकले बढ्यो
भारतमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न