पुनर्निर्माण सम्पन्न भएपछि इच्छाकामना मन्दिर भक्तजनका लागि खुला

पुनर्निर्माण सम्पन्न भएपछि इच्छाकामना मन्दिर भक्तजनका लागि खुला : Icon Khabar

चितवन, जेठ २६ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित इच्छाकामना मन्दिर भक्तजनका लागि खुला गरिएको छ । मन्दिर पुनर्निर्माण सम्पन्न भएपछि भक्तजनका लागि खुला गरिएको हो।

इच्छाकामना मन्दिर गोरखाको शहीद लखन गाउँपालिकाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको आमनेसामने पर्दछ । मनकामना माईका सात दिदीबहिनीमध्ये एक बहिनी भनेर इच्छाकामनालाई चिनिन्छ । यस मन्दिरमा पूजाआजा गरे इच्छाएको पूरा हुने धार्मिक विश्वास छ ।

ढुङ्गा माटोले बनेको पुरानो मन्दिर जीर्ण बनेपछि जगबाटै भत्काएर २०७५ सालदेखि पुनर्निर्माण सुरु गरिएको थियो । दुई करोड ४२ लाख रुपैयाँको लागतमा मन्दिर पुनर्निर्माण सम्पन्न भएको छ । मन्दिर पुनर्निर्माणका लागि बागमती प्रदेश, इच्छाकामना गाउँपालिका, चन्दादाताले रकम सहयोग गरेका थिए । स्थानीयवासीले श्रमदान गरेका थिए ।

पुनर्निर्माण सम्पन्न नभइन्जेल इच्छाकामना माताको प्रतिमा मन्दिर बाहिर राखेर पूजा गरिन्थ्यो । इच्छाकामना मन्दिरमा प्रत्येक वर्ष मंसिरको ठूलो एकादशीपछि पञ्चमी तिथिमा ठूलो मेला लाग्छ ।

Published Date: 09 June 2023
Website | + posts




















ताजा
पत्रकार पक्राउ र सञ्चारमाध्यममाथि हस्तक्षेपको विरोधमा माइतीघरमा पत्रकारहरूको प्रदर्शन
एनपीएलमा आज दुई खेल हुँदै, वर्षाले खेल प्रभावित हुन सक्ने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक