पुनर्निर्माण सम्पन्न भएपछि इच्छाकामना मन्दिर भक्तजनका लागि खुला

पुनर्निर्माण सम्पन्न भएपछि इच्छाकामना मन्दिर भक्तजनका लागि खुला : Icon Khabar

चितवन, जेठ २६ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित इच्छाकामना मन्दिर भक्तजनका लागि खुला गरिएको छ । मन्दिर पुनर्निर्माण सम्पन्न भएपछि भक्तजनका लागि खुला गरिएको हो।

इच्छाकामना मन्दिर गोरखाको शहीद लखन गाउँपालिकाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको आमनेसामने पर्दछ । मनकामना माईका सात दिदीबहिनीमध्ये एक बहिनी भनेर इच्छाकामनालाई चिनिन्छ । यस मन्दिरमा पूजाआजा गरे इच्छाएको पूरा हुने धार्मिक विश्वास छ ।

ढुङ्गा माटोले बनेको पुरानो मन्दिर जीर्ण बनेपछि जगबाटै भत्काएर २०७५ सालदेखि पुनर्निर्माण सुरु गरिएको थियो । दुई करोड ४२ लाख रुपैयाँको लागतमा मन्दिर पुनर्निर्माण सम्पन्न भएको छ । मन्दिर पुनर्निर्माणका लागि बागमती प्रदेश, इच्छाकामना गाउँपालिका, चन्दादाताले रकम सहयोग गरेका थिए । स्थानीयवासीले श्रमदान गरेका थिए ।

पुनर्निर्माण सम्पन्न नभइन्जेल इच्छाकामना माताको प्रतिमा मन्दिर बाहिर राखेर पूजा गरिन्थ्यो । इच्छाकामना मन्दिरमा प्रत्येक वर्ष मंसिरको ठूलो एकादशीपछि पञ्चमी तिथिमा ठूलो मेला लाग्छ ।

Published Date: 09 June 2023
ताजा
“दैनिक भक्तपुर अपडेट” सुरु हुँदै: प्रत्येक दिन बेलुकी ९ बजे समाचार संक्षेप सार्वजनिक गरिने
सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?
तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा १२ जना घाइते
पहाडी र हिमाली भू-भागमा मेघगर्जसहित वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता