अलेक्सान्दर पुश्किनको २२४ औं जन्मजयन्ती काठमाडौँमा मनाइयो 

अलेक्सान्दर पुश्किनको २२४ औं जन्मजयन्ती काठमाडौँमा मनाइयो  : Icon Khabar

काठमाडौं, जेठ २४ । नेपाल रुस साहित्य समाज र रुसी भवन काठमाडौँको आयोजनामा विश्वविख्यात रुसी कवि, नाटककार र उपन्यासकार अलेक्सान्दर पुश्किनको २२४औं जयन्ती आयोजना गरियो । सोहि कार्यक्रममा रूसी भाषा दिवस पनि मनाइएको हो।

कार्यक्रमका प्रमुख अतिथि नेपाल संगित तथा नाट्य प्रतिष्ठानका कुलपती निशा शर्मा र रुसी भवनका निर्देशक अन्तोन मास्लोभद्वारा रुसी सांस्कृतिक केन्द्रको परिसरमा अवस्थित पुश्किनको सालिकमा माल्यार्पण गरेर कार्यक्रम सुरु भएको थियो । साथै पुश्किनको जन्मकार्य थलोको डकुमेन्ट्री पनि प्रदर्शन गरिएको थियो।

नेपाल रुस साहित्य समाजका अध्यक्ष जंगबचौहानको सभापतित्वमा भएको कार्यक्रमको संचालन मित्रकुञ्जका सचिव ई. रामविन्दु श्रेष्ठले गरेका थिए । कार्यक्रममा अतिथीहरुको स्वागतगर्दै रुसी भवनका निर्देशक अन्तोन मास्लोभले रुसी भाषा साहित्यको विकासमा पुश्किनको भूमिकाबारे प्रकाश पारे ।

सास्कृतिक केन्द्रका भाषा शिक्षक सुशील सिग्देलले रुसी भाषाको विशेषताहरु र विश्वव्यापी महत्व प्रस्तुत गरे । कुलपती निशा शर्माले आफ्नो मस्को थियटरहरुको स्मरण गर्दै हामीले पनि भानुभक्तलाई त्यस्तै सम्मान प्रकट गर्नुपर्ने कुरा औंल्याइन् ।

यो जयन्तीको प्रमुख आकर्षण रहेको पुश्किन काव्यिक साँझमा रुसी तथा नेपाली स्रस्टाहरुले पुश्किनका कालजयीकविताहरु वाचन गरे । जसमा लिजा कारञ्जित र नेरुसासका महासचिव ई. चन्द्र कान्त आचार्यले स्मारक, नाताल्या र ई. विष्णु व. सिंहले फूल, लिजा कारञ्जित र सुष्मा खत्री रञ्जीतले प्रतिध्वनी , डाइरेक्टर अन्तोन मस्लोभ र डा. आमोद मणी दिक्षितले माया गरे तिमीलाई विक्रम के.सी. र कवियत्री मोमिलाले शोक गीत र ताच्याना वैद्य र नेपालीकला साहित्य डट कमकी अध्यक्ष मोमिलाले धाई आमा क्रमशः रुसी र नेपालीमा कविता पढे ।

शिल्पी थियटरबाट पुश्किनको कविता कैदीमा आधारित एकांकी नाटक प्रदर्शनले उनको रचनालाई जीवन्त बनाएको थियो ।

कार्यक्रममा जनमैत्री विश्वविद्यालयबाट भाषा शास्त्रमा विद्यावारीधि गरेका प्रा.डा. बलराम अर्यालद्धारा अनुदित दुई पुस्तकहरु निकोलाइ गोगल, लेभ तोल्सतोय र अन्तोन चेखवका छानिएका कथाहरुको संग्रह थप बसिबिंयार्लो र लेभ तोल्सतोयका लघुत्तम बाल कथाहरुको विमोचन पनि भयो ।

कार्यक्रमको अन्त्यमा सबै सहभागीहरुलाई धन्यवाद दिदैं नेरुसासका उपाध्यक्ष ई. विष्णु व. सिंहले संस्थाको प्रगति तथा भावी योजनाहरु प्रस्तुत गरे । साथै कार्यक्रम संचालक रामविन्दु श्रेष्ठले रूसी भाषादिवसको अवसरमा हामी संसार भरका विद्यार्थीहरुलाई रूसी भाषा सिकाएर उच्च शिक्षा हासिल गर्न योग्य बनाउने गुरुहरु प्रति आभार व्यक्त गरे ।

कार्यक्रम समापन गर्दे नेरुसासका अध्यक्ष प्रो डा. जंगब चौहानले पुश्किनका जीवनका मार्मिक र प्रेरक सन्दर्भहरु, उनको धाईआमा प्रतिको स्नेह र प्रेरणा अनिपुश्किनले बिताएका जीवनकालका भूगोलहरुमा आफुले भ्रमण गर्दाको अनुभवहरुे प्रस्तुत गरे ।

कार्यक्रममा  विभिन्न क्षेत्रमा कार्यरत लेखक, कलाकार, विद्वान र साहित्यकारहरुको सहभागिता रहेको थियो ।

Published Date: 07 June 2023


ताजा
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
तीन प्रदेशका तराई भूभागमा मध्यम वर्षाको सम्भावना, कहाँ-कहाँ पर्ला पानी?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु