कर्णाली इतिहासकै पहिलो पटक फाइनलमा

कर्णाली इतिहासकै पहिलो पटक फाइनलमा : Icon Khabar

काठमाडौँ, जेठ २४ । कर्णाली प्रदेशले जनकपुरमा जारी महेन्द्र नारायण निधी टि२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशलाई तीन रनले हराउँदै इतिहासमै पहिलो पटक फाइनलमा स्थान बनाएको छ ।

कणार्ली आफ्नो क्रिकेट इतिहासमा सिनियर टोलीले खेलेको कुनैपनि राष्ट्रिय स्तरको प्रतियोगितामा पहिलो पटक फाइनलमा पुग्न सफल भएको हो । यसअघि गतवर्ष कर्णालीको यू-१९ महिला टोलीले धनगढीमा सम्पन्न यू१९ राष्ट्रिय प्रतियोगिताको फाइनल खेल्दै गण्डकीसँग पराजित भएको थियो । त्यो नै कर्णालीले खेलेको कुनैपनि प्रतियोगिता पहिलो फाइनल थियो ।

सन् २०१८ देखि नेपालको राष्ट्रिय प्रतियोगिता खेल्दै आएको कर्णाली प्रधानमन्त्री कपमा समूह चरणबाटनै बाहिरिँदै आएको थियो । तर पछिल्लो समय कर्णालीले प्रधानमन्त्री कपमा पनि राम्रो प्रभाव छाड्दै आएको छ । कर्णालीको यसअघि नेपालका खेलेको कुनैपनि प्रतियोगिता फाइनलमा स्थान बनाउन सकेको थिएन ।

कर्णाली पहिलो खेलमा गण्डकीसँग ९५ रनले पराजित भएको थियो । जितको लागि १ सय ४१ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली ४५ रनमा अल आउट भएको थियो । तर त्यसपछि कर्णालीले सानदार पूनरागमन गर्दै इतिहास रचेको हो ।

कर्णाली ६ खेलमा ५ मा जित र १ मा हारसहित शीर्ष स्थानमा छ । मधेश ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ दोस्रो स्थानमा छ । सुदूरपश्चिम ५ खेलमा ४ मा जित र १ मा हारसहित तेस्रो स्थानमा छ ।

Published Date: 07 June 2023


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग