कर्णाली इतिहासकै पहिलो पटक फाइनलमा

कर्णाली इतिहासकै पहिलो पटक फाइनलमा : Icon Khabar

काठमाडौँ, जेठ २४ । कर्णाली प्रदेशले जनकपुरमा जारी महेन्द्र नारायण निधी टि२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशलाई तीन रनले हराउँदै इतिहासमै पहिलो पटक फाइनलमा स्थान बनाएको छ ।

कणार्ली आफ्नो क्रिकेट इतिहासमा सिनियर टोलीले खेलेको कुनैपनि राष्ट्रिय स्तरको प्रतियोगितामा पहिलो पटक फाइनलमा पुग्न सफल भएको हो । यसअघि गतवर्ष कर्णालीको यू-१९ महिला टोलीले धनगढीमा सम्पन्न यू१९ राष्ट्रिय प्रतियोगिताको फाइनल खेल्दै गण्डकीसँग पराजित भएको थियो । त्यो नै कर्णालीले खेलेको कुनैपनि प्रतियोगिता पहिलो फाइनल थियो ।

सन् २०१८ देखि नेपालको राष्ट्रिय प्रतियोगिता खेल्दै आएको कर्णाली प्रधानमन्त्री कपमा समूह चरणबाटनै बाहिरिँदै आएको थियो । तर पछिल्लो समय कर्णालीले प्रधानमन्त्री कपमा पनि राम्रो प्रभाव छाड्दै आएको छ । कर्णालीको यसअघि नेपालका खेलेको कुनैपनि प्रतियोगिता फाइनलमा स्थान बनाउन सकेको थिएन ।

कर्णाली पहिलो खेलमा गण्डकीसँग ९५ रनले पराजित भएको थियो । जितको लागि १ सय ४१ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली ४५ रनमा अल आउट भएको थियो । तर त्यसपछि कर्णालीले सानदार पूनरागमन गर्दै इतिहास रचेको हो ।

कर्णाली ६ खेलमा ५ मा जित र १ मा हारसहित शीर्ष स्थानमा छ । मधेश ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ दोस्रो स्थानमा छ । सुदूरपश्चिम ५ खेलमा ४ मा जित र १ मा हारसहित तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 June 2023
Website | + posts