काठमाडौं, जेठ २५ । नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोट अघि वार्मअप खेलमा आज स्कटल्यान्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १२ : ४५ मा दक्षिण अफ्रिकामा सुरु हुनेछ।
अन्तिम तयारीको लागि नेपाल दक्षिण अफ्रिकामा छ । वार्मअप खेल हुँदा नेपालले आफ्ना ब्याटर र बलर दुबैलाई राम्रोसँग प्रयोग गर्नसक्छ । टोलीमा भएका १६ जना मध्य नेपालले ११ भित्र कुनैपनि खेलाडीलाई ब्याटिङ गराउन सक्छ । बलिङ पनि नेपालले टोलीमा भएका कुनैपनि खेलाडीलाई गराउन सक्छ । यो वार्मअप खेल हुँदा कुनैपनि अन्तर्राष्ट्रिय मान्यता पाउने छैन् । अभ्यास खेलको रुपमा मात्रै हुनेछ ।
जिम्बावेमा दुई सातापछि हुने विश्वकप छनोट अघि नेपाल राम्रो लय समाउन चाहन्छ । नेपालले फागुनमा आइसिसी विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्डसँग दुबै खेल जितेको थियो । त्यसअघि विदेशी भूमिका नेपालले खेलेका चार मध्य तीन खेल स्कटल्यान्डसँग हारेको थियो ।
वार्मअप खेल विदेशी भूमिका नेपालको कमजोरी पत्ता लगाउने हुनेछ । पछिल्लो समया सानदार प्रदर्शन गरेको नेपालको मनोबल पनि उच्च छ । नेपालले पछिल्ला १७ मध्य १६ अन्तर्राष्ट्रिय खेल जितेको छ । लिग २ मा १२ मध्य ११ खेल जितका साथ विश्वकप छनोट खेल्न लागेको हो ।
नेपालको टोली :
कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो ।
स्कटल्यान्डको टोली :
रिची बेंरिंगटन (कप्तान), म्याथ्यु क्रस, अलास्डेयर इभान्स, क्रिस ग्रेभ्स, ज्याक जार्विस, माइकल लिस्क, टोम्स मार्किनटस, क्रिस म्याकब्राइड, ब्रेन्डन म्याकमुलन, जर्ज मुन्शे, एड्रियन नील, शफ्यान शरिफ, क्रिस सोल, हम्जा ताहिर र मार्क वाट ।
Published Date: 08 June 2023