संसदमा ओलीको प्रश्न: अचम्म लाग्छ यो गाँजा खेती कसलाई चाहियो ?

संसदमा ओलीको प्रश्न: अचम्म लाग्छ यो गाँजा खेती कसलाई चाहियो ? : Icon Khabar

काठमाडौं, जेठ २३ । संसदमा भैरहेको बजेटमाथिको सामान्य छलफलमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने सरकारको घोषणामाथि प्रश्न उठाएको छ ।

संसदमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रश्न गरे,”कसले गर्न खोजिराख्या छ यो गाँजा खेती ? यो कसका लागि गाँजा खेती ? अचम्म लाग्छ यो गाँजा खेती कसलाई चाहियो ?”

गाँजा खेतीको पछाडि व्यक्तिहरु रहेको र उनीहरुले वैधानिकता खोजिरहेको उनले बताए । कतिपय सांसदलाई आफ्नो निर्वाचन क्षेत्रमा गाँजा खेती हुँदा कतिपयको जीविकोपार्जन हुने भन्ने लागेको हुनसक्ने उल्लेख गर्दै ओलीले नियन्त्रित गाँजा खेतीको विषय भएको बताए ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै गाँजा खेतीको अध्ययन गर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 June 2023
Website | + posts


ताजा
इम्बोस्ड नम्बर प्लेट असोज १ गतेदेखि जडान नगरे पनि कारबाही नहुने: यातायात विभाग
भक्तपुरमा अहिले अपरान्ह चोथा पर्व मनाइदै
वीरगञ्जमा हैजा समुदायस्तरमा फैलिरहेको संकेत
सार्वजनिक यातायात केन्द्रीय महासंघद्वारा इम्बोस्ड नम्बर प्लेट जडान नगर्न आह्वान


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू