अफगानिस्तानको भएको विस्फोटमा परी डेपुटी गभर्नरसहित दुई जनाको मृत्यु, छ जना घाइते

अफगानिस्तानको भएको विस्फोटमा परी डेपुटी गभर्नरसहित दुई जनाको मृत्यु, छ जना घाइते : Icon Khabar

अफगानिस्तान, जेठ २३ । (सिन्ह्वा) अफगानिस्तानको प्रान्तीय राजधानी फैजाबादमा मङ्गलबार भएको विस्फोटमा परी डेपुटी गभर्नरसहित दुई जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् ।

सूचना तथा संस्कृतिका प्रान्तीय निर्देशक कारी माजुद्दिन अहमदीका अनुसार “फैजाबाद शहरमा भएको विस्फोमा बदख्सान प्रान्तका डेपुटी गभर्नर मौलावी निसार अहमद अहमदीसहित दुई जनाको मृत्यु भएको छ र अन्य छ जना घाइते भएका छन् । घाइते सबैलाई अस्पताल लगिएको छ ।”

स्थानीय समयअनुसार बिहान ८ः१५ बजे फैजाबाद शहरको चराही महकामा क्षेत्रमा कार बम विस्फोट भएको हो । घातक हमलाको जिम्मेवारी लिने कुनै समूहको बारेमा जानकारी सार्वजनिक गरिएको छैन ।

Published Date: 06 June 2023


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु