फेसबुक र युट्युबबाट पाउने आम्दानीमा अब साबिक भन्दा बढी कर तिर्नुपर्ने

फेसबुक र युट्युबबाट पाउने आम्दानीमा अब साबिक भन्दा बढी कर तिर्नुपर्ने : Icon Khabar

काठमाडौँ, जेठ २२ । फेसबुक र युट्युब लगायतबाट प्राप्त गर्ने आम्दानीमा कर बढेको छ । सरकारले आर्थिक विधेयकमार्फत सामाजिक सञ्जालमा श्रव्यदृश्यबाट प्राप्त हुने आयमा कर बढाएर ५ प्रतिशत पुर्‍याएको हो । यसअघि यी सामाग्रीबाट प्राप्त आयमा एक प्रतिशत मात्र कर लाग्दै आएको थियो ।

‘व्यवसाय सञ्चालन नगर्ने प्राकृतिक व्यक्तिले नेपाल बाहिर सफ्टवेयर वा यस्तै विद्युतीय सेवा उपलब्ध गराए बापत वा नेपाल बाहिर परामर्श सेवा उपलब्ध गराए वा सामाजिक सञ्जालमा श्रव्यदृश्य सामाग्री अपलोड गरेबापत विदेशी मुद्रामा भुक्तानी प्राप्त गर्दा विगतमा बैंकले एक प्रतिशत कर कट्टा गरी जम्मा गर्ने व्यवस्था रहेकोमा अब त्यसलाई वृद्धि गरी पाँच प्रतिशत कायम गरिएको छ,’ आर्थिक विधेयकमा भनिएको छ ।
त्यस्तै, आर्थिक वर्ष ०७९/८० मा बिजनेस प्रोसेस आउटसोर्सिङ, सफ्टवेयर प्रोगामिङ गरी विदेशी मुद्रा ल्याउँदा जम्मा एक प्रतिशत कर लाग्ने गरेकोमा आर्थिक वर्ष ०८०/८१ देखि १० प्रतिशत कर लाग्ने व्यवस्था गरिएको छ ।

Published Date: 05 June 2023


ताजा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
देशबासीका नाममा प्रधानमन्त्री बालेन शाहले गरेको सम्बोधन यस्तो छ
पूर्वराजा ज्ञानेन्द्रद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, सामाजिक सद्भाव कायम गर्न आग्रह


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु