विश्व वातावरण दिवसको अवसरमा च्वङा गणेश मन्दिर भक्तपुर परिसरमा वृक्षारोपण

विश्व वातावरण दिवसको अवसरमा च्वङा गणेश मन्दिर भक्तपुर परिसरमा वृक्षारोपण : Icon Khabar

भक्तपुर, जेठ २२ । भक्तपुर नगरपालिकाको आयोजनामा विश्व वातावरण दिवसको अवसरमा भक्तपुर नगरपालिका वडा नं. १ स्थित च्वङा गणेश मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रम सोमबार बिहान सम्पन्न भयो ।

वृक्षारोपण कार्यक्रम पश्चात भएको कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले गर्मीयामसँगै खानेपानी मुहान सुकिरहेको अवस्थामा नगरपालिकाले खानेपानीको अभावलाई कम गर्न विभिन्न ठाँउमा डिप बोरिङ गर्दै ट्यांकरमार्फत खानेपानी वितरणमा जोड दिँदै आएको बताए।

नगर प्रमुख प्रजापतिले नगरको सुन्दरता कायम राख्न नगरको मूल सडकमा ढुङगा छपाइ, सम्पदा क्षेत्रमा रात्रीकालीन बत्ती व्यवस्थापनलगायतका कार्य गर्दै आएको बताउँदै भक्तपुरलाई विश्वकै हेर्नलायक सहरको रुपमा विकास गर्ने उद्देश्यले काम गरिरहेको बताए।

उक्त कार्यक्रममा उप प्रमुख रजनी जोशी, भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, वडा नं. १ का वडा अध्यक्ष श्यामकृष्ण खत्री, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्मा, वातावरण समितिका सयोजक एवम् ९ नं. वडाका वडाध्यक्ष रविन्द्र ज्याख्व, वडा नं. ५ का वडा अध्यक्ष योगेन्द्रमान बिजुक्छें, वडा नं. २ का वडा सदस्य मन्जु लाखाजुले पनि बोलेका थिए।

वृक्षारोपण कार्यक्रममा च्वङा गणेश परिसरकोको उत्तरतर्फ सल्लाका बिरुवाहरु रोपिएको थियो । वृक्षारोपण कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, विद्यालयका शिक्षक विद्यार्थी, स्थानीय समुदायको उपस्थिति रहेको थियो ।

Published Date: 05 June 2023
Website | + posts




















ताजा
पत्रकार पक्राउ र सञ्चारमाध्यममाथि हस्तक्षेपको विरोधमा माइतीघरमा पत्रकारहरूको प्रदर्शन
एनपीएलमा आज दुई खेल हुँदै, वर्षाले खेल प्रभावित हुन सक्ने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक