आज पानी पर्ने सम्भावना

आज पानी पर्ने सम्भावना : Icon Khabar

काठमाडौँ,  जेठ  २२ गते । पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले देशका अधिकांश स्थानमा बदली रहनुका साथै पहाडी भेगका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

रातिको समयमा कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ ।

राजधानी काठमाडौँ उपत्यकाको आकाशमा बादल लागेको छ । काठमाडौँको तापक्रम बढेपनि पछिल्लो दुई दिनको तुलनामा गर्मी केही कम महसुस गरिएको छ । महाशाखाको विवरमा आज काठमाडौँको न्यूनतम १८ र अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस रहेको छ ।

महाशाखाका अनुसार एक सातादेखि देशका अधिकांश भू–भागको तापक्रम वृद्धि भएकाले गर्मी बढेको छ । तराईका अधिकांश भू–भागमा तापक्रम लू चलिरहेको छ । वर्षा नहुँदा सुक्खापन चलेकाले तापक्रम बढेर लू चलेको मौसमविद्हरूको भनाइ छ । रासस

Published Date: 05 June 2023


ताजा
देशबासीका नाममा प्रधानमन्त्री बालेन शाहले गरेको सम्बोधन यस्तो छ
पूर्वराजा ज्ञानेन्द्रद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, सामाजिक सद्भाव कायम गर्न आग्रह
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु