कोका–कोलाले आफ्ना उपभोक्ताहरूकालागि ल्यायो प्रमोशनल क्याम्पेन ‘चिल एन्ड विन’

कोका–कोलाले आफ्ना उपभोक्ताहरूकालागि ल्यायो प्रमोशनल क्याम्पेन ‘चिल एन्ड विन’ : Icon Khabar

काठमाडौँ, जेठ २२ । कोका–कोलाले आफ्ना उपभोक्ताहरूकालागि प्रमोशनल क्याम्पेन ‘चिल एन्ड विन’ ल्याएको छ । कोका–कोलाको यो क्याम्पेनले उपभोक्ताहरुलाई स्मार्टफोन र मोबाइल रिचार्जहरू जस्ता उत्कृष्ट उपहारहरू जित्ने सुनौलो अवसर प्रदान गरेको छ ।

यो कोका–कोला नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो प्रमोशनल क्याम्पेन भएकाे कम्पनीले जनाएकाे छ । यसका अफरहरु स्प्राइट र फ्यान्टाको पेट बोतलहरूमा पनि उपलब्ध रहेको छ ।

युनिक कोडका लागि विशेष रूपमा चिन्ह लगाइएको पेट बोतलहरूको लेबलमा वा आरजिबि बोतलहरूको क्राउन मुनि चेक गर्नुपर्नेछ । क्याम्पेनको वेबसाइटमा कोड राखेर वा एस.एम.एस मार्फत कोड पठाएर प्रत्येक दिन एक स्मार्टफोन जित्ने मौका पाइनेछ । सहभागीहरूले ५०० रूपैयाँसम्मको मोबाइल रिचार्ज पनि जित्न सक्नेछन् । यो अफर नेपालभर कोका–कोला, स्प्राइट र फ्यान्टाको १७५ मिलि तथा २५० मिलिको सिसाको बोतल र २५० मिलि तथा ५०० मिलि पेट बोतलमा लागू हुनेछ ।

उपभोक्ताहरुलाई आफ्नो पुरस्कार दावी गर्न सजिलो होस् भन्ने हेतुले कोका–कोलाले यो वर्ष डिजिटल पेमेन्ट पार्ट्नरको रुपमा खल्तीसँग सहकार्य गरेको छ । जसले गर्दा विजेताहरुले तुरुन्तै आफुले जितेको रकम प्रयोग गर्न पाउनेछन् ।

बढ्दो गर्मीलाई लक्षित गरेर ल्याइएको “चिल एन्ड विन” क्याम्पेन जेष्ठ ६ देखि आषाढ ३० सम्म लागु हुनेछ र जति चाँडो सहभागी भयो त्यति नै जित्ने मौका पनि बढ्नेछ । नियम र सर्तहरूको बारेमा विस्तृतमा बुझ्नको लागि आधिकारिक वेबसाइट भिजिट गर्नुपर्नेछ ।

विशेष रूपमा चिन्ह लगाइएको कोका–कोला, स्प्राइट वा फ्यान्टा बोतलमा रहेको युनिक कोडका साथ कोका–कोलाको “चिल एन्ड विन” क्याम्पेनमा स्मार्टफोन र रिचार्ज जित्ने मौका पाउनेछ र यो गर्मीलाई अझै रोमाञ्चक बनाउनुपर्छ । थप जानकारी र अपडेटका लागि हाम्रो सामाजिक सञ्जाल र क्याम्पेन वेबसाइट हेर्दै गर्नुपर्छ ।

अब कोका–कोलाको “ चिल एन्ड विन “ क्याम्पेनको साथमा हरेक चुस्कीले रोमाञ्चक उपहारहरू जित्ने मौका प्रदान गर्नेछ ।

Published Date: 05 June 2023


ताजा
देशबासीका नाममा प्रधानमन्त्री बालेन शाहले गरेको सम्बोधन यस्तो छ
पूर्वराजा ज्ञानेन्द्रद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, सामाजिक सद्भाव कायम गर्न आग्रह
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु