शेयर बजारका लगानीकर्ताहरुद्वारा सबै ब्रोकर कार्यालयमा तालाबन्दी

शेयर बजारका लगानीकर्ताहरुद्वारा सबै ब्रोकर कार्यालयमा तालाबन्दी : Icon Khabar

काठमाडौँ, जेठ २१ । शेयर बजारका लगानीकर्ताहरुले सबै ब्रोकर कार्यालयमा ताला लगाएका छन्। विगत चार दिनदेखि आन्दोलनरत लगानीकर्ताले आगामी आर्थिक वर्षको आर्थिक विद्ययक संसोधन नभएसम्म शेयर कारोबार खुल्ला हुन नदिने चेतावनी दिँदै तालाबन्दी गरेका हुन्।

बजेटको नयाँ व्यवस्थाले केवल पूँजी बजार र घर जग्गा काराेबारमा मात्र नभइ समग्र अर्थतन्त्रलाई नै क्षति पुर्याउने लगानीकर्ताहरूकाे भनाइ छ। विद्यमान पूँजीगत लाभकर ५ र ७.५ प्रतिशत नै अन्तिम कायम गर्नुपर्ने शेयर बजारका लगानीकर्ताहरुको माग छ।

हाल तिर्दै आएको पूँजीगत लाभकर अन्तिम कर हो वा होइन भन्नेमा लगानीकर्तामा दुविधा उत्पन्न भएको छ। आज बिहान अर्थमन्त्री डा. प्रकाश शरण महतको घर घेराउ गर्न गएका थिए। अर्थमन्त्रीको घरमा प्रहरीले रोके पछि लगानीकर्ताहरु ब्रोकरको कार्यालयमा तालाबन्दी गरेको लगानीकर्ता तिलक कोइरालाले बताए।

यदि कुनै ब्रोकरले ताला खोलेमा त्यसपछि आउने परिस्थितिको जिम्मेवार स्वयम हुने लगानीकर्ताहरुको चेतावनी छ।

Published Date: 04 June 2023


ताजा
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
पहिलो डेटअघि जान्नैपर्ने १० महत्वपूर्ण कुरा


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली