सुनको भाउमा भारी गिरावट

सुनको भाउमा भारी गिरावट : Icon Khabar

काठमाडौँ, जेठ २१ । आइतबार सुन तोलामा एक हजार ७०० रुपैयाँले सस्तिएको हो । चाँदी पनि यस दिन तोलामा २० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार ६०० रुपैयाँमा झरेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।

यसअघि, लगातार तीन दिन सुनको भाउ वृद्धि भएर नयाँ रेकर्ड कायम गरेको थियो । आर्थिक वर्ष २०८०/८१को बजेट घोषणापछि नै सुन पाँच हजार २०० रुपैयाँले बढोत्तरी भएको महासंघको तथ्यांकमा उल्लेख छ । शुक्रबार पनि सुन तोलामा ८०० रुपैयाँले महंगिएको थियो । त्यस दिन सुन प्रतितोला एक लाख १३ हजार ३०० रुपैयाँ रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम भएको थियो ।

सातको पहिलो दिन, चाँदीको मूल्य पनि सस्तिएको छ । निरन्तर चार दिन बढेको चाँदी यस दिन तोलामा २० रुपैयाँले गिरावट भएको छ । आज चाँदी प्रतितोला एक हजार ४१५ रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो साताको अन्तिम कारोबार दिन, चाँदी प्रतितोला २५ रुपैयाँले बढेर प्रतितोला एक हजार ४३५ रुपैयाँ पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 June 2023
Website | + posts




ताजा
नागढुंगा सुरुङबाट दशैंमा बस चलाउने सरकारको तयारी किन भएन कार्यान्वयन ?
आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ६०० रुपैयाँले घट्यो
विश्वकप लिग-२ : आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै
मौसम पूर्वानुमान : कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने