सुनको भाउमा भारी गिरावट

सुनको भाउमा भारी गिरावट : Icon Khabar

काठमाडौँ, जेठ २१ । आइतबार सुन तोलामा एक हजार ७०० रुपैयाँले सस्तिएको हो । चाँदी पनि यस दिन तोलामा २० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार ६०० रुपैयाँमा झरेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।

यसअघि, लगातार तीन दिन सुनको भाउ वृद्धि भएर नयाँ रेकर्ड कायम गरेको थियो । आर्थिक वर्ष २०८०/८१को बजेट घोषणापछि नै सुन पाँच हजार २०० रुपैयाँले बढोत्तरी भएको महासंघको तथ्यांकमा उल्लेख छ । शुक्रबार पनि सुन तोलामा ८०० रुपैयाँले महंगिएको थियो । त्यस दिन सुन प्रतितोला एक लाख १३ हजार ३०० रुपैयाँ रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम भएको थियो ।

सातको पहिलो दिन, चाँदीको मूल्य पनि सस्तिएको छ । निरन्तर चार दिन बढेको चाँदी यस दिन तोलामा २० रुपैयाँले गिरावट भएको छ । आज चाँदी प्रतितोला एक हजार ४१५ रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो साताको अन्तिम कारोबार दिन, चाँदी प्रतितोला २५ रुपैयाँले बढेर प्रतितोला एक हजार ४३५ रुपैयाँ पुगेको थियो ।

Published Date: 04 June 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर