नक्कली भुटानी शरणार्थी प्रकरण : आजदेखि थुनछेक बहस

नक्कली भुटानी शरणार्थी प्रकरण : आजदेखि थुनछेक बहस : Icon Khabar

काठमाडौँ, जेठ २१ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको आज (आइतबार) देखि थुनछेक बहस शुरु हुँदैछ । आजदेखि थुनछेक बहस हुने अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए । थुनछेक बहसपछि उनीहरूलाई थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने आदेश हुनेछ ।

थुनछेक बहसमा सरकारी वकिलको तर्फबाट आठजनाले बहस गर्नेछन् भने प्रत्येक अभियुक्तका आफ्ना कानुन व्यवसायी समेतले बहस गर्नेछन् । पक्राउ परेका सबै १८ अभियुक्तको शुक्रबार वयान सकिएको थियो । नक्कली शरणार्थी प्रकरणमा मुछिएकाहरूको जेठ १२ गतेदेखि काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा शुरु भएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले यस प्रकरणमा जेठ १० गते ३० जनाविरुद्ध पाँच अभियोगमा मुद्दा दर्ता गरेको थियो । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै करडौँ रकम लिएर ठगी गरेको आरोपमा ठगीको कसुरसहित कीर्ते, राज्यविरुद्धको अपराध, एकीकृत कसुर र संगठित अपराधमा मुद्दा दर्ता भएको थियो ।

मुद्दा दर्ता गर्ने क्रममा १६ अभियुक्त पक्राउ परिसकेका थिए भने अन्य १४ फरार रहेका थिए । अदालतमा मुद्दा दायर भइसकेपछि फरारमध्येका लक्ष्मी महर्जन र हरिभक्त महर्जन पक्राउ परे थिए । हाल १८ अभियुक्त हिरासतमा छन् ।

Published Date: 04 June 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर