नक्कली भुटानी शरणार्थी प्रकरण : आजदेखि थुनछेक बहस

नक्कली भुटानी शरणार्थी प्रकरण : आजदेखि थुनछेक बहस : Icon Khabar

काठमाडौँ, जेठ २१ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको आज (आइतबार) देखि थुनछेक बहस शुरु हुँदैछ । आजदेखि थुनछेक बहस हुने अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए । थुनछेक बहसपछि उनीहरूलाई थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने आदेश हुनेछ ।

थुनछेक बहसमा सरकारी वकिलको तर्फबाट आठजनाले बहस गर्नेछन् भने प्रत्येक अभियुक्तका आफ्ना कानुन व्यवसायी समेतले बहस गर्नेछन् । पक्राउ परेका सबै १८ अभियुक्तको शुक्रबार वयान सकिएको थियो । नक्कली शरणार्थी प्रकरणमा मुछिएकाहरूको जेठ १२ गतेदेखि काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा शुरु भएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले यस प्रकरणमा जेठ १० गते ३० जनाविरुद्ध पाँच अभियोगमा मुद्दा दर्ता गरेको थियो । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै करडौँ रकम लिएर ठगी गरेको आरोपमा ठगीको कसुरसहित कीर्ते, राज्यविरुद्धको अपराध, एकीकृत कसुर र संगठित अपराधमा मुद्दा दर्ता भएको थियो ।

मुद्दा दर्ता गर्ने क्रममा १६ अभियुक्त पक्राउ परिसकेका थिए भने अन्य १४ फरार रहेका थिए । अदालतमा मुद्दा दायर भइसकेपछि फरारमध्येका लक्ष्मी महर्जन र हरिभक्त महर्जन पक्राउ परे थिए । हाल १८ अभियुक्त हिरासतमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 June 2023
Website | + posts




ताजा
नागढुंगा सुरुङबाट दशैंमा बस चलाउने सरकारको तयारी किन भएन कार्यान्वयन ?
आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ६०० रुपैयाँले घट्यो
विश्वकप लिग-२ : आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै
मौसम पूर्वानुमान : कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने