रास्वपाको मध्यपुर थिमि नगर सभापतिमा न्हुछेरत्न मानन्धर सर्वसम्मत

रास्वपाको मध्यपुर थिमि नगर सभापतिमा न्हुछेरत्न मानन्धर सर्वसम्मत : Icon Khabar

भक्तपुर, जेठ २१ । राष्ट्रिय स्वतन्त्र पार्टी मध्यपुर थिमि नगरमा सम्पन्न भएको भेलाले न्हुछेरत्न मानन्धरको नेतृत्वमा १३ सदस्यीय नयाँ नगर समिति बनाएको छ ।

शनिबार सम्पन्न कार्यक्रमबाट उपसभापतिमा स्मृति भट्टराई (श्रेष्ठ), सचिव मुरारी नेपाल तथा कोषाध्यक्षमा समीर पौडेल निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा गुन्जना ढुंगाना, आराधाना बर्मा, अमित दाहाल, सुवास कोइराला, शैलेस जोशी, नरेश राज बज्राचार्य, श्याम जोशी, अश्विन खनाल र उषा प्रजापति छन् ।

कार्यक्रममा रास्वपाका सांसद विराजभक्त श्रेष्ठले अहिलेका राजनीतिज्ञहरुको विकल्प खोज्नुपर्ने अवस्था आएको बताए । सांसद श्रेष्ठले स्थानिय सरकार अधिकार सम्पन्न भएको अवस्थामा पालिका र वडा स्तरमा भइरहेका विकास निर्माण तथा योजनालाई निगरानी गर्नुपर्नेमा जोड दिए ।

सरकारले विनियोजन गरेको वजेट सही ढंगले प्रयोग भएको छ वा छैन भन्ने विषयमा समेत निगरानी राख्न उनले आग्रह गरे ।उनले स्थानिय ठाउँको विकास निर्माण सम्बन्धिको योजनालाई स्थानिय स्तरबाटै तय गरेर अगाडि बढ्नुपर्नेमा जोड दिंदै भाषा, संस्कृति, समाजिक न्यायको विषयमा काम गर्नुपर्ने बताए ।

Published Date: 04 June 2023


ताजा
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
पहिलो डेटअघि जान्नैपर्ने १० महत्वपूर्ण कुरा


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली