रास्वपाको मध्यपुर थिमि नगर सभापतिमा न्हुछेरत्न मानन्धर सर्वसम्मत

रास्वपाको मध्यपुर थिमि नगर सभापतिमा न्हुछेरत्न मानन्धर सर्वसम्मत : Icon Khabar

भक्तपुर, जेठ २१ । राष्ट्रिय स्वतन्त्र पार्टी मध्यपुर थिमि नगरमा सम्पन्न भएको भेलाले न्हुछेरत्न मानन्धरको नेतृत्वमा १३ सदस्यीय नयाँ नगर समिति बनाएको छ ।

शनिबार सम्पन्न कार्यक्रमबाट उपसभापतिमा स्मृति भट्टराई (श्रेष्ठ), सचिव मुरारी नेपाल तथा कोषाध्यक्षमा समीर पौडेल निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा गुन्जना ढुंगाना, आराधाना बर्मा, अमित दाहाल, सुवास कोइराला, शैलेस जोशी, नरेश राज बज्राचार्य, श्याम जोशी, अश्विन खनाल र उषा प्रजापति छन् ।

कार्यक्रममा रास्वपाका सांसद विराजभक्त श्रेष्ठले अहिलेका राजनीतिज्ञहरुको विकल्प खोज्नुपर्ने अवस्था आएको बताए । सांसद श्रेष्ठले स्थानिय सरकार अधिकार सम्पन्न भएको अवस्थामा पालिका र वडा स्तरमा भइरहेका विकास निर्माण तथा योजनालाई निगरानी गर्नुपर्नेमा जोड दिए ।

सरकारले विनियोजन गरेको वजेट सही ढंगले प्रयोग भएको छ वा छैन भन्ने विषयमा समेत निगरानी राख्न उनले आग्रह गरे ।उनले स्थानिय ठाउँको विकास निर्माण सम्बन्धिको योजनालाई स्थानिय स्तरबाटै तय गरेर अगाडि बढ्नुपर्नेमा जोड दिंदै भाषा, संस्कृति, समाजिक न्यायको विषयमा काम गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 June 2023
Website | + posts


ताजा
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
११ वर्षपछि आईपीएलको फाइनलमा पञ्जाब, मुम्बईलाई हराउँदै बेंगलुरुसंग फाइनल भिडन्त पक्का
आजको मौसमः चार प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना
दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा: यस्तो थियो ‘घटनाको यथार्थ विवरण’
ट्रेन्डिङ
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं साधारण सभा तथा अधिवेशन सम्पन्न
भक्तपुरमा गुन्जिए गायक दीप श्रेष्ठ, एकल सांगीतिक साँझ २०८२ भव्य रूपले सम्पन्न
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं अधिवेशन यहि जेठ १० मा हुने
भक्तपुरको जुजु धौमा कुनै पनि अखाद्य वस्तुहरू भेटिएको छैन: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग