निर्णायक खेलमा नेपालले टस जित्यो

निर्णायक खेलमा नेपालले टस जित्यो : Icon Khabar

काठमाडौँ, जेठ २१ । नेपालले मलेसियासँगको पाँचौं तथा निर्णायक खेलमा टस जितेको छ । नेपालकी कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी छिन् ।

नेपालले चौथो खेलबाट टोलीमा एक परिवर्तन गरेको छ । स्पिनर कृतिका मरासिनीलाई आजको खेलमा मौका दिएको छ । कृतिकालाई मौका दिँदा विकेटकिपर काजोल श्रेष्ठलाई नेपालले बेन्चमा राखेको छ । नेपालले अन्य परिवर्तन भने गरेको छैन । पाँच खेलको सिरिज २-२ को बराबरी अवस्थामा छ ।

नेपाल पहिलो खेलमा ५ र चौथो खेलमा ४ विकेटले पराजित भएको थियो । नेपाल दोस्रो र तेस्रो खेलमा ७ विकेट तथा २७ रनले विजयी भएको थियो । आज विजयी हुने टोलीले सिरिज पनि जित्नेछ ।

नेपालको प्लेइङ ११ :

रुविना क्षेत्री बेलबासे (कप्तान), सीता रानामगर, इन्दु बर्मा, कविता कुवँर, कविता जोशी, अप्सरी बेगम, विन्दु रावल, कृतिका मरासिनी, सम्झना खड्का, ईश्वरी विषट र ज्याति पाण्डे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 June 2023
Website | + posts


ताजा
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
११ वर्षपछि आईपीएलको फाइनलमा पञ्जाब, मुम्बईलाई हराउँदै बेंगलुरुसंग फाइनल भिडन्त पक्का
आजको मौसमः चार प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना
दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा: यस्तो थियो ‘घटनाको यथार्थ विवरण’
ट्रेन्डिङ
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं साधारण सभा तथा अधिवेशन सम्पन्न
भक्तपुरमा गुन्जिए गायक दीप श्रेष्ठ, एकल सांगीतिक साँझ २०८२ भव्य रूपले सम्पन्न
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं अधिवेशन यहि जेठ १० मा हुने
भक्तपुरको जुजु धौमा कुनै पनि अखाद्य वस्तुहरू भेटिएको छैन: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग