निर्णायक खेलमा नेपालले टस जित्यो

निर्णायक खेलमा नेपालले टस जित्यो : Icon Khabar

काठमाडौँ, जेठ २१ । नेपालले मलेसियासँगको पाँचौं तथा निर्णायक खेलमा टस जितेको छ । नेपालकी कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी छिन् ।

नेपालले चौथो खेलबाट टोलीमा एक परिवर्तन गरेको छ । स्पिनर कृतिका मरासिनीलाई आजको खेलमा मौका दिएको छ । कृतिकालाई मौका दिँदा विकेटकिपर काजोल श्रेष्ठलाई नेपालले बेन्चमा राखेको छ । नेपालले अन्य परिवर्तन भने गरेको छैन । पाँच खेलको सिरिज २-२ को बराबरी अवस्थामा छ ।

नेपाल पहिलो खेलमा ५ र चौथो खेलमा ४ विकेटले पराजित भएको थियो । नेपाल दोस्रो र तेस्रो खेलमा ७ विकेट तथा २७ रनले विजयी भएको थियो । आज विजयी हुने टोलीले सिरिज पनि जित्नेछ ।

नेपालको प्लेइङ ११ :

रुविना क्षेत्री बेलबासे (कप्तान), सीता रानामगर, इन्दु बर्मा, कविता कुवँर, कविता जोशी, अप्सरी बेगम, विन्दु रावल, कृतिका मरासिनी, सम्झना खड्का, ईश्वरी विषट र ज्याति पाण्डे ।

Published Date: 04 June 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर