म्यानचेस्टर सिटी एफए कप च्याम्पियन

म्यानचेस्टर सिटी एफए कप च्याम्पियन : Icon Khabar

काठमाडौँ, जेठ २१ । इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी एफए कपको च्याम्पियन बनेको छ । प्रिमियर लिग प्रतिद्धन्द्धी म्यानचेस्टर डर्वीमा म्यानचेस्टर युनाइटेडलाई २–१ ले पराजित गर्दै सिटी एफए कपको च्याम्पियन बनेको हो ।

सिटीलाई एफए कपको च्याम्पियन बनाउन इल्केए गुन्डोगानले दुई गोल गरे । युनाइटेडका ब्रुनो फर्नान्डेसले एक गोल फर्काए ।वेम्वली स्टेडियम लन्डनमा शनिबार राति भएको खेलको पहिलो मिनेटमा नै इल्केए गुन्डोगानको गोलबाट सिटीले १–० को अग्रता लिन सफल भएको थियो । उनले बेभिन डि ब्रुएनाको पासमा गोल गर्न सफल भएका थिए ।

३३औं मिनेटमा ब्रुनो फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । आरोन वान विशाखाको हेडरलाइै ज्याक ग्रेलिसले ह्यान्ड गरेपछि रेफ्रीले भिएआरको सहायतामा युनाइटेडलाई पेनाल्टी प्रदान गर्दा ब्रुनो चुकेन ।

५१औं मिनेटमा गुन्डोगानले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाए । उनले केभिन डि ब्रुएनाकै पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा सिटी विजयी हुँदै च्याम्पियन बन्न सफल भयो ।

सिटीको यो सिजनको दोस्रो उपाधि हो । यसअघि सिटीले प्रिमियर लिगको उपाधि जितिसकेको छ । अब सिटीलाई यो सिजन ट्रेवल उपाधि जित्ने सम्भावना बढेको छ । सिटीले १० जुनमा युइएफए च्याम्पियन्स लिगको फाइनलमा इटालियन क्लब इन्टर मिलानसँग खेल्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 June 2023
Website | + posts
ताजा
अनलाइन सञ्चारमाध्यम जिल्ला प्रशासन कार्यालयमा दर्ता हुनुपर्ने प्रावधान विरुद्व सर्वोच्चमा रिट
रविलाई थुनामुक्त गर्न मागप्रति आदेश आउन बाँकी
सोमबार नेप्से परिसूचक २७.९० अंकले घट्यो
आजदेखि माबिलुङ इनर्जीको आईपीओ निष्काशन


ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल