म्यानचेस्टर सिटी एफए कप च्याम्पियन

म्यानचेस्टर सिटी एफए कप च्याम्पियन : Icon Khabar

काठमाडौँ, जेठ २१ । इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी एफए कपको च्याम्पियन बनेको छ । प्रिमियर लिग प्रतिद्धन्द्धी म्यानचेस्टर डर्वीमा म्यानचेस्टर युनाइटेडलाई २–१ ले पराजित गर्दै सिटी एफए कपको च्याम्पियन बनेको हो ।

सिटीलाई एफए कपको च्याम्पियन बनाउन इल्केए गुन्डोगानले दुई गोल गरे । युनाइटेडका ब्रुनो फर्नान्डेसले एक गोल फर्काए ।वेम्वली स्टेडियम लन्डनमा शनिबार राति भएको खेलको पहिलो मिनेटमा नै इल्केए गुन्डोगानको गोलबाट सिटीले १–० को अग्रता लिन सफल भएको थियो । उनले बेभिन डि ब्रुएनाको पासमा गोल गर्न सफल भएका थिए ।

३३औं मिनेटमा ब्रुनो फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । आरोन वान विशाखाको हेडरलाइै ज्याक ग्रेलिसले ह्यान्ड गरेपछि रेफ्रीले भिएआरको सहायतामा युनाइटेडलाई पेनाल्टी प्रदान गर्दा ब्रुनो चुकेन ।

५१औं मिनेटमा गुन्डोगानले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाए । उनले केभिन डि ब्रुएनाकै पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा सिटी विजयी हुँदै च्याम्पियन बन्न सफल भयो ।

सिटीको यो सिजनको दोस्रो उपाधि हो । यसअघि सिटीले प्रिमियर लिगको उपाधि जितिसकेको छ । अब सिटीलाई यो सिजन ट्रेवल उपाधि जित्ने सम्भावना बढेको छ । सिटीले १० जुनमा युइएफए च्याम्पियन्स लिगको फाइनलमा इटालियन क्लब इन्टर मिलानसँग खेल्दैछ ।

Published Date: 04 June 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय