सेभिया युरोपा लिग च्याम्पियन

सेभिया युरोपा लिग च्याम्पियन : Icon Khabar

काठमाडौं, जेठ १८ । स्पेनिस क्लब सेभिया कीर्तिमानी सातौंपटक यो सिजनको युरोपा लिग च्याम्पियन बनेको छ । बुधबार राति हंगेरीको बुडापेस्टमा भएको फाइनलमा निर्धारित र अतिरिक्त समयमको खेल बराबरीमा सकिएपछि पेनाल्टी सुटआउट पुगेको खेलमा सेभियाले रोमालाई ४-१ ले हरायो ।

सेभिया सातौं पटक च्याम्पियन बनेको हो । युरोपमा सेभिया नै सर्वाधिक सफल क्लब बनेको छ । सेभिया सातपटक फाइनल पुग्दा सबै सात संस्करणमा नै च्याम्पियन बन्न सफल भएको छ ।

यसअघि सेभिया २००६, ०७, २०१४, १५, १६ र २०२० मा च्याम्पियन बनेको थियो । सेभियापछि सर्वाधिक तीनपल्ट इन्टर मिलान, लिभरपुल, युभेन्ट्स र एट्लेटिको मड्रिडले उपाधि जितेका छन् ।

रोमा दुईपटक फाइनल पुगेपनि उपाधि भने जित्न सकेन । यसअघि रोमाले सन् १९९१ मा फाइनल खेलेको थियो । त्यसमा इन्टर मिलान च्याम्पियन बनेको थियो ।

Published Date: 01 June 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै