सेभिया युरोपा लिग च्याम्पियन

सेभिया युरोपा लिग च्याम्पियन : Icon Khabar

काठमाडौं, जेठ १८ । स्पेनिस क्लब सेभिया कीर्तिमानी सातौंपटक यो सिजनको युरोपा लिग च्याम्पियन बनेको छ । बुधबार राति हंगेरीको बुडापेस्टमा भएको फाइनलमा निर्धारित र अतिरिक्त समयमको खेल बराबरीमा सकिएपछि पेनाल्टी सुटआउट पुगेको खेलमा सेभियाले रोमालाई ४-१ ले हरायो ।

सेभिया सातौं पटक च्याम्पियन बनेको हो । युरोपमा सेभिया नै सर्वाधिक सफल क्लब बनेको छ । सेभिया सातपटक फाइनल पुग्दा सबै सात संस्करणमा नै च्याम्पियन बन्न सफल भएको छ ।

यसअघि सेभिया २००६, ०७, २०१४, १५, १६ र २०२० मा च्याम्पियन बनेको थियो । सेभियापछि सर्वाधिक तीनपल्ट इन्टर मिलान, लिभरपुल, युभेन्ट्स र एट्लेटिको मड्रिडले उपाधि जितेका छन् ।

रोमा दुईपटक फाइनल पुगेपनि उपाधि भने जित्न सकेन । यसअघि रोमाले सन् १९९१ मा फाइनल खेलेको थियो । त्यसमा इन्टर मिलान च्याम्पियन बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 June 2023
Website | + posts










ताजा
भक्तपुरमा सम्भावित विपद्को क्षेत्रहरूको पहिचान गरी तयारी अवस्थामा रहन निर्देशन
‘आयोडिनयुक्त नुन (उत्पादन तथा विक्री वितरण) ऐन २०५५’ कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
बिहीबार नेप्से परिसूचक ३.७६ अंकले बढ्यो
सरकारले टेलिग्राम बन्द गरे पनि काठमाडौंस्थित रूसी दूतावासले भने गर्यो प्रयोग










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट