बीएमसीएको विजयी सुरुआत

बीएमसीएको विजयी सुरुआत : Icon Khabar

काठमाडौं, जेठ १७ । आयोजक बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) ‘बी’ ले प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार विजयी सुरुआत गरेको छ । सिनियर गल्र्समा पनि बीएमसीएले जितका साथ यात्रा प्रारम्भ गरेको छ । जुनियर ब्वाइजमा बीएमसीएले मिश्रित नतिजा निकाल्यो ।

बूढानीलकण्ठ नगरपालिका २, रुद्रेश्वर हाइटस्थित घरेलु कोर्टमा बीएमसीए ‘बी’ ले सेन्ट जेभियर्सलाई २४–१७ ले पराजित गरे । विजयी टिमका लागि सुजन तामाङले १४ अंक जोडे ।

सिनियर ब्वाइजमै हिमालयन किङडमले मन्जरीलाई २४–१४, सेन्ट जोसेफले मनास्लुलाई ३८–२८ र स्कोलर्स होमले टेरेसा एकेडेमीलाई ३४–२५ ले हराए । हिमालयनका मिङमारले ११, सेन्ट जोसेफका इशान राईले ८ र स्कोलर्स होमका न्हुजा महर्जनले ९ अंक जोडे ।

बीएमसीए र बूढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्त आयोजित प्रतियोगिताको सिनियर गल्र्समा सेन्ट जोसेफले मनास्लुलाई १७–११, बीएमसीएले भद्रकालीलाई १९–१४ र टेरेसाले सेन्ट जेभियर्सलाई १४–१० ले पाखा लगाए । सेन्ट जोसेफकी प्रीतिमा गुरुङले ६, बीएमसीएकी लक्ष्मी तामाङले ९ र टेरेसाकी अन्जली श्रेष्ठले ५ स्कोर गरे ।

जुनियर ब्वाइजमा बीएमसीएले भद्रकालीलाई १७–१३ ले पन्छायो । बीएमसीएका सन्देश तामाङले ७ अंक   बटुले । सेन्ट जोसेफले बीएमसीएलाई १८–११ ले पराजित ग¥यो । सेन्ट जोसेफका सन्जोग मगरले ६ स्कोर गरे ।

प्रतियोगिताको विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष लक्ष्मीदेवी तामाङ र बूढानीलकण्ठ नगरपालिकाका पूर्व मेयर एवं एकेडेमीका गुठियार उद्धवप्रसाद खरेलले संयुक्त रुपमा उद्घाटन गरे । सिनियर ब्वाइजमा २७, सिनियर गल्र्समा १६ र जुनियर ब्वाइजमा १० गरी ५३ टिम सहभागी छन् ।

Published Date: 31 May 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २२ गते आइतबार
भक्तपुरमा बिस्का जात्राको तयारी तीव्र, कडा सुरक्षा व्यवस्था लागू हुने
आइतबार नेप्से परिसूचक १०५.५० अंकले घट्यो
सरकारले करिब २७ अर्ब ७५ करोड रुपैयाँ ऋण लिने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता