बीएमसीएको विजयी सुरुआत

बीएमसीएको विजयी सुरुआत : Icon Khabar

काठमाडौं, जेठ १७ । आयोजक बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) ‘बी’ ले प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार विजयी सुरुआत गरेको छ । सिनियर गल्र्समा पनि बीएमसीएले जितका साथ यात्रा प्रारम्भ गरेको छ । जुनियर ब्वाइजमा बीएमसीएले मिश्रित नतिजा निकाल्यो ।

बूढानीलकण्ठ नगरपालिका २, रुद्रेश्वर हाइटस्थित घरेलु कोर्टमा बीएमसीए ‘बी’ ले सेन्ट जेभियर्सलाई २४–१७ ले पराजित गरे । विजयी टिमका लागि सुजन तामाङले १४ अंक जोडे ।

सिनियर ब्वाइजमै हिमालयन किङडमले मन्जरीलाई २४–१४, सेन्ट जोसेफले मनास्लुलाई ३८–२८ र स्कोलर्स होमले टेरेसा एकेडेमीलाई ३४–२५ ले हराए । हिमालयनका मिङमारले ११, सेन्ट जोसेफका इशान राईले ८ र स्कोलर्स होमका न्हुजा महर्जनले ९ अंक जोडे ।

बीएमसीए र बूढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्त आयोजित प्रतियोगिताको सिनियर गल्र्समा सेन्ट जोसेफले मनास्लुलाई १७–११, बीएमसीएले भद्रकालीलाई १९–१४ र टेरेसाले सेन्ट जेभियर्सलाई १४–१० ले पाखा लगाए । सेन्ट जोसेफकी प्रीतिमा गुरुङले ६, बीएमसीएकी लक्ष्मी तामाङले ९ र टेरेसाकी अन्जली श्रेष्ठले ५ स्कोर गरे ।

जुनियर ब्वाइजमा बीएमसीएले भद्रकालीलाई १७–१३ ले पन्छायो । बीएमसीएका सन्देश तामाङले ७ अंक   बटुले । सेन्ट जोसेफले बीएमसीएलाई १८–११ ले पराजित ग¥यो । सेन्ट जोसेफका सन्जोग मगरले ६ स्कोर गरे ।

प्रतियोगिताको विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष लक्ष्मीदेवी तामाङ र बूढानीलकण्ठ नगरपालिकाका पूर्व मेयर एवं एकेडेमीका गुठियार उद्धवप्रसाद खरेलले संयुक्त रुपमा उद्घाटन गरे । सिनियर ब्वाइजमा २७, सिनियर गल्र्समा १६ र जुनियर ब्वाइजमा १० गरी ५३ टिम सहभागी छन् ।

Published Date: 31 May 2023
Website | + posts




















ताजा
पत्रकार पक्राउ र सञ्चारमाध्यममाथि हस्तक्षेपको विरोधमा माइतीघरमा पत्रकारहरूको प्रदर्शन
एनपीएलमा आज दुई खेल हुँदै, वर्षाले खेल प्रभावित हुन सक्ने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक