लमजुङ कारागारबाट दुई कैदी फरार

लमजुङ कारागारबाट दुई कैदी फरार : Icon Khabar

लमजुङ, जेठ १८ । लमजुङ जिल्ला कारागारबाट दुई कैदी फरार भएका छन् । बेसीशहर नगरपालिका–८ शेरास्थित कारागारको उत्तर पश्चिम तर्फको कैदी आवासको पर्खाल नाघेर गए राति साढे १ बजेतिर दुई कैदी फरार भएका हुन् ।

फरार हुनेमा लम्जुङको मध्यनेपाल नगरपालिका–४ का २७ वर्षीय विनोद विक र गोरखा चुमनुब्री गाउँपालिका–३ का ३७ वर्षीय चन्द्रबहादुर गुरुङ रहेको प्रहरी स्रोतले जनाएको छ । विक २०७९ साउन २४ गते जबरजस्ती करणी र डाँका चोरी मुद्दामा र गुरुङ २०८० बैशाख ३१ गते ठगी मुद्दामा कारागार चलान भएका थिए । कैदी फरार भए लगत्तै प्रहरीले खोजीकार्य तीव्र पारेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 June 2023
Website | + posts










ताजा
भक्तपुरमा सम्भावित विपद्को क्षेत्रहरूको पहिचान गरी तयारी अवस्थामा रहन निर्देशन
‘आयोडिनयुक्त नुन (उत्पादन तथा विक्री वितरण) ऐन २०५५’ कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
बिहीबार नेप्से परिसूचक ३.७६ अंकले बढ्यो
सरकारले टेलिग्राम बन्द गरे पनि काठमाडौंस्थित रूसी दूतावासले भने गर्यो प्रयोग










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट