जनवादी गणतन्त्र चीनको सिचुवान प्रान्तका पार्टी सचिव वाङ स्याओहुई भक्तपुर भ्रमणमा

जनवादी गणतन्त्र चीनको सिचुवान प्रान्तका पार्टी सचिव वाङ स्याओहुई भक्तपुर भ्रमणमा : Icon Khabar

भक्तपुर, जेठ १७ । जनवादी गणतन्त्र चीनको सिचुवान प्रान्तका जन काग्रेसका स्थायी कमिटि अध्यक्ष एवम् पार्टी सचिव वाङ स्याओहुई लगायतको प्रतिनिधिमण्डलले बुधबार भक्तपुर नगरपालिकाको स्थलगत अवलोकन गरेको छ । टोलीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति,उपप्रमुख रजनी जोशीलगायत जनप्रतिनिधिको टोलीले दरबार क्षेत्रको प्रवेशद्वारमा पुष्पगुच्छा, खादा र भादगाउँले टोपीले स्वागत गरेको थियो ।

टोलीले २०७२ सालको भूकम्पपश्चात पुनःनिर्माण भएका भक्तपुर दरबार क्षेत्रका सांस्कृतिक सम्पदाहरु बत्सला मन्दिर, न्ह्यकं झ्य दरबार, पच्पन्न झ्याल दरबार, फसिदेग, पाँचतले मन्दिर, भैरवनाथ मन्दिरलगायतको अभिरुचिपूर्वक स्थलगत अवलोकन गरे ।

टोलीमा चिनियाँ राजदूतावासका वाङ छिन, सिचुवान प्रान्तीय कमिटिका उपसचिव झाङ ताओपिङ, सिचुवान प्रान्त परराष्ट्र मामिलाका महानिर्देशक झाङ ताओ, विकास तथा सुधार आयोगका महानिर्देशक ताई योङबो, वाणिज्य विभागका महानिर्देशक यु इछिन, सीपीसी सिचुवान प्रान्तका उपमहानिर्देशक याङ झा·यु, परराष्ट्र मामिलाका उपमहानिर्देशक लिउ मिन, अनुवादक डा. सर्वोत्तम श्रेष्ठलगायत दूतावासका कर्मचारीहरुको उपस्थिति थियो ।

सोही क्रममा प्रमुख प्रजापतिले पार्टी सचिव स्याओहुईलाई नपाका प्रकाशन र मयुरको झ्याल मायाको चिनोको रुपमा प्रदान गरेको थियो ।

Published Date: 31 May 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २२ गते आइतबार
भक्तपुरमा बिस्का जात्राको तयारी तीव्र, कडा सुरक्षा व्यवस्था लागू हुने
आइतबार नेप्से परिसूचक १०५.५० अंकले घट्यो
सरकारले करिब २७ अर्ब ७५ करोड रुपैयाँ ऋण लिने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता