कराते खेलाडी छनोट पूरा

कराते खेलाडी छनोट पूरा : Icon Khabar

काठमाडौं, जेठ १७ । चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि करातेको अन्तिम खेलाडी छनोट बुधबार सातदोबाटोस्थित कराते हलमा सम्पन्न भएको छ । नेपाल कराते महासंघले आयोजना गरेको अन्तिम छनोट प्रतियोगिताबाट पुरुष/महिलामा समान ४–४ गरी ८ खेलाडी छनोट भएको करातेका प्रमुख प्रशिक्षक तुलसी महर्जनले जनाएका छन् ।

पुरुषको ६० केजीमुनि सन्तोष श्रेष्ठ, ६७ केजीमुनि मोहम्मद शेख आलाम, ८४ केजीमाथि विप्लव श्रेष्ठ र एकल कातामा स्वर्णिम मानन्धर छनोट भए ।

महिलाको ६७ केजीमाथि आरिका गुरुङ, ६१ केजीमुनि निरुपा तामाङ, ५५ केजीमुनि सविना श्रेष्ठ र एकल कातामा एलिशा रास्कोटी छानिए । एसियाली खेलकुद असोज ६ गतेदेखि सुरु हुँदैछ ।

Published Date: 31 May 2023
Website | + posts




















ताजा
पत्रकार पक्राउ र सञ्चारमाध्यममाथि हस्तक्षेपको विरोधमा माइतीघरमा पत्रकारहरूको प्रदर्शन
एनपीएलमा आज दुई खेल हुँदै, वर्षाले खेल प्रभावित हुन सक्ने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक