संयुक्त राष्ट्र संघ सधै नेपालको हित चाहान्छ : नेपालप्रमुख हान्ना

न्यूयोर्कमा दिगो विकास सम्मेलन हुँदै, नेपालको प्रभावकारी उपस्थितिकालागि राष्ट्र संघको अनुरोध

संयुक्त राष्ट्र संघ सधै नेपालको हित चाहान्छ : नेपालप्रमुख हान्ना : Icon Khabar

काठमाडौं, जेठ १७ । संयुक्त राष्ट्र संघको नेपाल स्थित आवासीय संयोजक हान्ना सिंगर हेम्डीले राष्ट्र संघ सधै नेपालको विकास चाहाने बताएकी छिन् । बुधबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठलाई भेटेर हान्नाले नेपालको हित र विकासका लागि संयुक्त राष्ट्र संघले सधै सहयोग गर्ने बताएकी हुन् ।

उनले दिगो विकास सम्मेलन तथा अतिकम विकसित मुलुकको हैसियतबाट स्तरोन्नितिको रणनीति तयारी नेपाललको प्रशंसा योग्य रहेको बताइन् । नेपाल अति कम विकसित मुलुकको समुहबाट विकासशील मलुकमा स्तरोन्ती हुने क्रममा रहेको अवस्थामा आवश्यक सबै सहयोग र विकास साझेदारहरुबीच समन्वय गर्न ईच्छुक रहेको उनले बताइन् ।

आगामी सेप्टेम्बरमा न्यूयोर्क मादीगो विकासको लक्ष्य सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ । उक्त सम्मेलन सफल बनाउनकालागि नेपालले पनि आवश्यक सहयोग गर्न नेपाल संयोजक हान्नाले उपाध्यक्ष श्रेष्ठलाई अनुरोध गरिन् ।

दिगो विकास सम्मेलनमा नेपालको प्रभावकारी उपस्थितिकालागि आवश्यक तयारीका लागि सहयोग गर्न समेत इच्छुक रहेको उनले बताइन् । भेटका क्रममाउनले स्केलिङ अफ न्यूट्रेसन (एसयूएन) का प्रमुख नेपाल भ्रमण गर्न इच्छुक रहेको समेत बताएकी थिइन् ।

उपाध्यक्ष डा. श्रेष्ठले नेपालको विकासमा संयुक्त राष्ट्रसंघले हाल सम्म पुर्याउदै आएको सहयोगका लागि धन्यबाद दिए । उनले नेपालले तयार गरिरहेको ‘स्मुथग्राजुएसन स्टेटिजी’लाई अन्तिम रुप दिई सो को प्रभावकारी कार्यान्वयनका लागि कार्य योजना तर्जुमाको प्रक्रिया सुरु गरि सकिएको बताए । यसका लागि आवश्यक सहयोग जुटाउन संयुक्त राष्ट्र संघका नेपाल स्थित आवासीय संयोजकको कार्यालयले नेपाल स्थित संयुक्त राष्ट्र संघीय निकायहरुसंग समन्वय र सहयोगका लागि भूमिका खेल्ने अपेक्षा रहेको उपाध्यक्ष श्रेष्ठले बताए ।

उपाध्यक्ष श्रेष्ठले दिगो विकास लक्ष्य हासिल गर्दा नेपालको राष्ट्रिय विकास लक्ष्य हासिल हुने तथा राष्ट्रिय विकास लक्ष्य हासिल हुदाँ दिगो विकास लक्ष्य प्राप्तिमा योगदान पुग्ने भएकाले यी दुवै विषय एक आपसमा परिपुरक भएको हुदाँ यसमा नेपाल र संयुक्त राष्ट्र संघको सहकार्य र साझेदारी महत्वपूर्ण हुने धारणा राखेका थिए ।

बैठकमा आयोगकासदस्य डा. रामकुमार फूयालले नेपालमादिगो रोजगारीको अवसरको सिर्जना र सामाजिक सुरक्षाकार्यक्रमहरुको दिगोपनाको सुनिश्चिततागर्नु आवश्यक रहेको सन्दर्भमा संयुक्त राष्ट्रसंघका तर्फबाट यस सम्बन्धमा सहयोग अपेक्षा रहेको बताए ।

आयोगका सचिव केवल प्रसाद भण्डारीले नेपालले खाद्य प्रणालीमा कठिनाई भोगिरहेको सन्दर्भमा संयुक्त राष्ट्र संघीय खाद्य सम्मेलनले नेपाल जस्ता मुलुकहरुको समस्यालाई मूल्याङ्कन गरी आवश्यक सहयोग गर्नुपर्ने धारणा राखेका थिए । नेपालले हालसम्म तीनवटा राष्ट्रिय तथा सात वटा प्रादेशिक खाद्य बहस सञ्चालन गरिसकेको जानकारी दिदै यस विषयलाई सरकारले उच्च महत्व दिएको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 May 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने