राष्ट्रिय सहकारी बैंकद्वारा १५ प्रतिशत लाभांश रकम सदस्यको खातामा जम्मा

राष्ट्रिय सहकारी बैंकद्वारा १५ प्रतिशत लाभांश रकम सदस्यको खातामा जम्मा : Icon Khabar

काठमाडौँ, पुष १९। राष्ट्रिय सहकारी बैंकले सदस्य सहकारी संघ–संस्थाहरुको खातामा १५ प्रतिशत लाभांस रकम जम्मा गरेको छ। बैंकले आज एक विज्ञप्ति जारि गर्दै आर्थिक वर्ष २०७८/०७९ को लाभांश रकम सम्पूर्ण १५,४७४ सदस्य सहकारी संघ–संस्थाहरुको बचत खातामा जम्मा गरिएको कुरा जानकारी दिएको हो।

बैंकले गत आव ०७८/०७९ मा रु ४३ करोड ४५ लाख ५७ हजार ७४८ रुपैया लाभांश वितरण गरेको छ, सहकारी बैंकले विगत ५ वर्ष देखि लगातार १५ प्रतिशत लाभांश प्रदान गर्दै आएको छ । बैंकले वितरण गरेको यो लाभांशमा संरक्षित पूंजी फिर्ता कोषबाट प्राप्त गर्ने रकम समाबेश नगरीएको बैंकले जनाएको छ ।

बैंकले आगामी दिनहरुमा समेत सहकारी क्षेत्रको आफ्नै बैंकसँग कारोबार गर्न र भएको कारोबारमा समेत वृद्धि गरी थप लाभान्वित हुन सम्पूर्ण सहकारी संघ–संस्थाहरुमा अनुरोध गरेको छ।

Published Date: 03 January 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै