राष्ट्रिय सहकारी बैंकद्वारा १५ प्रतिशत लाभांश रकम सदस्यको खातामा जम्मा

राष्ट्रिय सहकारी बैंकद्वारा १५ प्रतिशत लाभांश रकम सदस्यको खातामा जम्मा : Icon Khabar

काठमाडौँ, पुष १९। राष्ट्रिय सहकारी बैंकले सदस्य सहकारी संघ–संस्थाहरुको खातामा १५ प्रतिशत लाभांस रकम जम्मा गरेको छ। बैंकले आज एक विज्ञप्ति जारि गर्दै आर्थिक वर्ष २०७८/०७९ को लाभांश रकम सम्पूर्ण १५,४७४ सदस्य सहकारी संघ–संस्थाहरुको बचत खातामा जम्मा गरिएको कुरा जानकारी दिएको हो।

बैंकले गत आव ०७८/०७९ मा रु ४३ करोड ४५ लाख ५७ हजार ७४८ रुपैया लाभांश वितरण गरेको छ, सहकारी बैंकले विगत ५ वर्ष देखि लगातार १५ प्रतिशत लाभांश प्रदान गर्दै आएको छ । बैंकले वितरण गरेको यो लाभांशमा संरक्षित पूंजी फिर्ता कोषबाट प्राप्त गर्ने रकम समाबेश नगरीएको बैंकले जनाएको छ ।

बैंकले आगामी दिनहरुमा समेत सहकारी क्षेत्रको आफ्नै बैंकसँग कारोबार गर्न र भएको कारोबारमा समेत वृद्धि गरी थप लाभान्वित हुन सम्पूर्ण सहकारी संघ–संस्थाहरुमा अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 January 2023
Website | + posts








ताजा
असार सकिनै लाग्दा देशैभर करीब ४२ प्रतिशत धान रोपाइँ
भक्तपुर घरेलु तथा साना उद्योग संघद्वारा प्रजिअ पाण्डेको स्वागत
चाँगुनारायणमा जनप्रतिनिधिका तीन वर्ष : विकास र उपलब्धिबारे सञ्चारकर्मीसँग अन्तरक्रिया
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला
सूर्यविनायक-अरनिको राजमार्गको हरविजोग, बाटो बनाउन अझै कति म्याद थप्नु पर्ने हो ?