किकम्पा मन्टेश्वरीमा शनिबार बाल पोषण सम्बन्धि कार्यक्रम सम्पन्न

किकम्पा मन्टेश्वरीमा शनिबार बाल पोषण सम्बन्धि कार्यक्रम सम्पन्न : Icon Khabar

भक्तपुर, जेठ १४ । किकम्पा मन्टेश्वरी प्रि स्कूल सुर्यविनायक इतबुंमा पोषण सम्बन्धि Nutrition Screening Programme 2080 सम्पन्न भयो।

शनिबार आयोजित सो कार्यक्रममा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका विषेशज्ञ आहारविद कविता महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रममा महर्जनले विद्यालयबाट नै बालबालिकाहरुलाई बाहिरि खानेकुराको बारेमा सचेत गरायो भने स्वास्थ्यमा खराबी नहुने बताईन्।

उनले भक्तपुरका मन्टेश्वरी स्कूलहरु मध्य बाल पोषण सम्बन्धि कक्षा संचालन गर्ने सम्भवत यो पहिलो स्कूल भएको बताउँदै आजभोलि मानिसहरुको जीवनशैली परिवर्तन भएको र अस्वस्थकर खानेकुराको अधिक मात्रामा सेवनले विभिन्न रोग आइरहेको जानकारी दिइन्। उनले सो कार्यक्रममा अभिभावकहरूलाई समेत पोषण सम्बन्धि अभिमुखीकरण गराईन्।

विद्यालयका ईसिए इन्चार्ज सरिता तमखुले बालबालिकाहरुलाई विद्यालयमा मात्रै नभई घरमा खुवाउने खानेकुरामा पनि ध्यान दिएर उचित स्याहार गरे उनीहरुको सर्वाङ्गिण विकासका लागि टेवा पुग्ने बताईन्।

कार्यक्रमका सभापति एवं विद्यालयका प्रिन्सिपल राजेश लाखाले विद्यालयमा उपलब्ध हुने खानेकुरा पोषणविज्ञ महर्जनकै निगरानीमा दिइरहेको जानकारी दिए। उनले विद्यालयमा जंक फूड जस्तै चकलेट, आइसक्रिम, बर्थडेकेक पूर्ण रूपमा बन्द गरि विद्यालयमै उब्जनी हुने तरकारीहरु बालबालिकालाई खुवाउदै आएको बताए। उनले विद्यालयको गतिविधि र आगामी योजनाको बारे प्रकाश पारे।

कक्षा प्ले ग्रुपदेखि फ़ाउण्डेशन सम्मका ४५ जना अभिभावकको सहभागिता रहेको उक्त कार्यक्रममा विद्यालयका शिक्षक दिल सुवालले पनि आफ्नो धारणा राखेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 May 2023
Website | + posts