नेपाल लाइफ इन्स्योरेन्सद्वारा रू ६४ लाख २५ हजारका दावी भुक्तानी

नेपाल लाइफ इन्स्योरेन्सद्वारा रू ६४ लाख २५ हजारका दावी भुक्तानी : Icon Khabar

काठमाडौँ, जेठ १४ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले रू ६४ लाख २५ हजारको दावी भुक्तानी गरेको छ । टीकापुर न.पा ०१, कैलाली घर भएका बीमित श्री नर बहादुर साउदको मिति २०८० साल वैशाख १६ गते क्यान्सरका कारण असामायिक निधन भएको थियो ।

टीकापुरमा आयोजित एक कार्यक्रम बीच यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले रू ६४ लाख २५ हजारको चेक मृतकले इच्छाइएको व्यक्ति श्री ज्ञानु देवी साउद (श्रीमती) लाई हस्तान्तरण गरेका छन्।

आफ्नो जीवनकालमा स्व नर बहादुर साउदले नेपाल लाइफ इन्स्योरेन्स क.लि टीकापुर शाखा कार्यालयबाट मिती २०७५/०५/१३ गते रु.५०,००,०००/- बीमाङ्क भएको जीवन बीमा योजना लिएका थिए । बीमाङ्क बापतको रकम अन्तर्गत रु.५०,००,०००/- र बोनस बापत रु.१४,२५,०००/- गरी जम्मा रु.६४,२५,०००/- इच्छाइएको व्यक्ति (श्रीमती) लाई प्रदान गरिएको छ ।

कागजात प्राप्त भएको पाँच दिन भित्रनै कम्पनीले भुक्तानी गरेको हो । दावी प्रक्रियालाई चुस्त दुरुस्त, छिटोछरितो बनाउन कम्पनीले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आएको कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 May 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने