नेपालले आज मलेसियासँग खेल्दै

नेपालले आज मलेसियासँग खेल्दै : Icon Khabar

काठमाडौं, जेठ १५ । नेपालले पहिलो महिला टि२० आई खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ८ः ४५ मा मलेसियाको बांगीमा सुरु हुनेछ । पाँच महिला टि२० आई खेलको सिरिजमा नेपाल घरेलु टोली मलेसियाविरुद्ध सानदार प्रदर्शनका साथ विजयी सुरुवात गर्ने सोचमा हुनेछ ।

नेपालको कप्तानी रुविना क्षेत्री बेलबासेले गर्नेछिन् । रुविना र सीता नेपालका प्रमुख हतियार हुन् । यी दुई अलराउन्डरको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । अघिल्लो महिना फेयर ब्रेक क्रिकेट प्रतियोगितामा सानदार प्रदर्शन गरेकी रुविनाबाट नेपाल नेपाली टोलीमा पनि त्यस्तै प्रदर्शन चाहन्छ ।

सीताले घरेलु क्रिकेट र सिनियर टोली दुबैबाट उच्च प्रदर्शन गर्दै आएकी छिन् । तीव्र गतिकी बलर अश्मिना कर्माचार्य र कविता कुँवर नेपालका प्रमुख बलिङ हतियार हुन् । यी दुई युवा खेलाडीको गति खेल्न मलेसिया ब्याटरलाई सहज हुनेछैन ।

नेपालको टोलीमा तीन युवा खेलाडी सम्झना खड्का, कृतिका मरासिनी र ईश्वरी विष्ट पहिलो पटक परेका छन् । युवा ब्याटर सम्झना खड्का र स्पिनर कृतिकाले नेपाली टोलीमा डेब्यू गर्ने सम्भावना छ । सम्झनाले मध्यक्रममा ब्याटिङ गर्न सक्छिन् । घरेलु क्रिकेटमा पछिल्लो समय लगातार राम्रो प्रदर्शन गर्दै आएकी छिन् । कृतिका स्पिनर हुन् । इन्दु बर्माबाट नेपाल उत्कृष्ट ब्याटिङ चाहन्छ ।

मलेसियाले पछिल्लो समय लगातार अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै आएको छ । नेपाल भने एक वर्षपछि पहिलो अन्तर्राष्ट्रिय खेल खेल्दैछ । मलेसिया कप्तान विनीफ्रेन्डले राम्रो प्रदर्शन गर्दै आएकी छिन् । मध्यक्रममा मास एलियास, एलिसा हन्टर र वान जुलिया हुनेछन् । तीव्र गतिकी बलर अनिना हामिजा हासिम मलेसिया प्रमुख बलर हुन् ।

दुई साताअघि म्यानमारलाई २४ रनमा अल आउट गर्न उनले पाँच विकेट लिएकी थिइन् । नेपालले पछिल्लो पटक अन्तर्राष्ट्रिय क्रिकेट २०२२ जुनमा मलेसियामा नै एसिसी वुमन्स टि२० च्याम्पियनसिप खेलेको थियो । त्यसपछि नेपालले कुनैपनि अन्तर्राष्ट्रिय खेल खेलेको छैन । त्यसैले नेपाललाई पहिलो खेलमा टिम मिलाउननै कठिन पर्नसक्छ ।

Published Date: 29 May 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी