श्रीलंकाद्वारा आगामी महिना सवारी साधनका लागि इन्धनको कोटा बढाउने निर्णय

श्रीलंकाद्वारा आगामी महिना सवारी साधनका लागि इन्धनको कोटा बढाउने निर्णय : Icon Khabar

कोलम्बो, जेठ १४ । (सिन्ह्वा) श्रीलंकाले आगामी महिना सवारी साधनका लागि इन्धनको कोटा बढाउने भएको छ । श्रीलंकाका ऊर्जामन्त्री कञ्चना विजेसेकेराले आगामी महिना सवारी साधनका लागि इन्धनको कोटा बढाउने निर्णय गरेको बताएका हुन् ।

इन्धनको मूल्य वृद्धि हुँदा कोटा बढाउने निर्णय गर्नुपरेको उनले बताए । राष्ट्रिय इन्धन पास ‘क्यूआर’ प्रणालीमा हाल अनुमति दिइएको इन्धनको कोटा अर्को महिना बढाइने उनले ट्वीटरमा उल्लेख गरेका छन् ।

सिलोन पेट्रोलियम कर्पोरेसनका पदाधिकारीसँग बसेको बैठकले उक्त निर्णय गरेको उनले उल्लेख गरेका छन् । विदेशी मौज्दातको अभावका कारण पर्याप्त मात्रामा इन्धन खरिद गर्न कठिनाइ भएपछि श्रीलंकाले गत वर्ष इन्धन कोटा लागू गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 May 2023
Website | + posts
ताजा
भारतमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर
नेपालमा आजदेखि पाँचौँ राष्ट्रिय बाघ गणना सुरु
उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियस मापन, चिसो बढ्दै


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न