श्रीलंकाद्वारा आगामी महिना सवारी साधनका लागि इन्धनको कोटा बढाउने निर्णय

श्रीलंकाद्वारा आगामी महिना सवारी साधनका लागि इन्धनको कोटा बढाउने निर्णय : Icon Khabar

कोलम्बो, जेठ १४ । (सिन्ह्वा) श्रीलंकाले आगामी महिना सवारी साधनका लागि इन्धनको कोटा बढाउने भएको छ । श्रीलंकाका ऊर्जामन्त्री कञ्चना विजेसेकेराले आगामी महिना सवारी साधनका लागि इन्धनको कोटा बढाउने निर्णय गरेको बताएका हुन् ।

इन्धनको मूल्य वृद्धि हुँदा कोटा बढाउने निर्णय गर्नुपरेको उनले बताए । राष्ट्रिय इन्धन पास ‘क्यूआर’ प्रणालीमा हाल अनुमति दिइएको इन्धनको कोटा अर्को महिना बढाइने उनले ट्वीटरमा उल्लेख गरेका छन् ।

सिलोन पेट्रोलियम कर्पोरेसनका पदाधिकारीसँग बसेको बैठकले उक्त निर्णय गरेको उनले उल्लेख गरेका छन् । विदेशी मौज्दातको अभावका कारण पर्याप्त मात्रामा इन्धन खरिद गर्न कठिनाइ भएपछि श्रीलंकाले गत वर्ष इन्धन कोटा लागू गरेको थियो ।

Published Date: 28 May 2023


ताजा
मौसम पूर्वानुमान : देशका पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग