समिक्षा अधिकारीको स्वरमा “आफ्नो आफ्नो दुःख” को फिमेल भर्सन सार्वजनिक

समिक्षा अधिकारीको स्वरमा “आफ्नो आफ्नो दुःख” को फिमेल भर्सन सार्वजनिक : Icon Khabar

काठमाडौँ, जेठ १४ । पशुपति शर्माको सुपरहिट गीत ‘आफ्नो आफ्नो दुःख’को फिमेल भर्सन सार्वजनिक भएको छ । गायिका समिक्षा अधिकारीको स्वरमा आफ्नो आफ्नो दुःखको फिमेल भर्सन शुक्रबार सार्वजनिक गरिएको हो ।

गीतमा समिक्षाको स्वर सुमधुर सुनिएको छ । गीतको भिडियोमा समिक्षा स्वयम् फिचर्ड छिन् । गीतको भावसँग उनको पनि भाव मिसिएको छ । गीतको शब्द तथा संगीत पशुपति शर्माकै हो । दुर्गा पौडेलको निर्देशन र छायाँकनमा बनेको भिडियोको सम्पादन प्रकाश धमलाले गरेका हुन् ।

भिडियो सार्वजनिक भए लगत्तै आफ्नो आफ्नो दुःखको फिमेल भर्सनको चर्चा सुरु भएको छ । भिडियो हेर्ने र गीत सुन्नेले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 May 2023
Website | + posts




ताजा
सूचना तथा प्रसारण विभागद्वारा अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको कार्य स्थगित
मनसूनमा यी पाँच फलफूलको सेवनले स्वास्थ्यमा समस्या निम्त्यान सक्छ
स्थानिय बजारमा आज सुनको मूल्यमा गिरावट
नेपाल ग्रे लिस्टबाट बाहिरिन सरकारले कडा र ठोस कदम चालेको छ: उपप्रधानमन्त्री पौडेल




ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल
खानेपानीमन्त्री यादवद्धारा राति छड्के अनुगमन तथा निरीक्षण