समिक्षा अधिकारीको स्वरमा “आफ्नो आफ्नो दुःख” को फिमेल भर्सन सार्वजनिक

समिक्षा अधिकारीको स्वरमा “आफ्नो आफ्नो दुःख” को फिमेल भर्सन सार्वजनिक : Icon Khabar

काठमाडौँ, जेठ १४ । पशुपति शर्माको सुपरहिट गीत ‘आफ्नो आफ्नो दुःख’को फिमेल भर्सन सार्वजनिक भएको छ । गायिका समिक्षा अधिकारीको स्वरमा आफ्नो आफ्नो दुःखको फिमेल भर्सन शुक्रबार सार्वजनिक गरिएको हो ।

गीतमा समिक्षाको स्वर सुमधुर सुनिएको छ । गीतको भिडियोमा समिक्षा स्वयम् फिचर्ड छिन् । गीतको भावसँग उनको पनि भाव मिसिएको छ । गीतको शब्द तथा संगीत पशुपति शर्माकै हो । दुर्गा पौडेलको निर्देशन र छायाँकनमा बनेको भिडियोको सम्पादन प्रकाश धमलाले गरेका हुन् ।

भिडियो सार्वजनिक भए लगत्तै आफ्नो आफ्नो दुःखको फिमेल भर्सनको चर्चा सुरु भएको छ । भिडियो हेर्ने र गीत सुन्नेले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् ।

Published Date: 28 May 2023


ताजा
मौसम पूर्वानुमान : देशका पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग