आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले घट्यो

आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, जेठ १२ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ ।

आज प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँमा छापावाल सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार प्रतितोला १ लाख ८ हजार ३ सयमा बिक्री भएको थियो ।

तेजावी सुन आज प्रतितोला १ लाख ७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजावी सुन प्रतितोला १ लाख ७ हजार ८ सयमा बिक्री भएको थियो ।

यसैबीच आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३६० रुपैयाँ पुगेको छ । शुक्रबार प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा बिक्री भएको थियो ।

Published Date: 28 May 2023


ताजा
मौसम पूर्वानुमान : देशका पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग