प्रतिनिधि सभाको बैठक शनिबार दिउँसो ४ बजे मात्र बस्ने

प्रतिनिधि सभाको बैठक शनिबार दिउँसो ४ बजे मात्र बस्ने : Icon Khabar

काठमाडौं, जेठ १२ । शुक्रबार साँझ ६ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक शनिबार दिउँसो ४ बजे मात्र बस्ने भएको छ ।

प्रतिनिधिसभाको २० मिनेटका लागि आजलाई स्थगित गरिएको बैठक आजै साँझ ६ बजे बस्ने भएको थियो । यसअघि दिउँसो ३ बजे बस्ने भनी निर्धारण गरिएको बैठक पुनःअर्को सूचना टाँस गरी ६ बजेका लागि निर्धारण गरिएको थियो ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अवरुद्ध गरेपछि अपराह्न १२ः४५ बजे २० मिनेटका लागि स्थगित गरिएको थियो । सङ्घीय संसद् सचिवालयले सूचना टाँस गरी विशेष कारणवश बैठक बस्ने समय परिवर्तन भएको जनाएको थियो ।

शुक्रबार प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदले बैठकको प्रारम्भमै आसनबाट उभिएर पशुपतिनाथ मन्दिरमा लगाइएको जलहरी सुन कि पित्तल भन्ने सरकारले स्पष्ट जवाफ नदिएसम्म सदन अघि बढ्न नदिने भन्दै बैठक अवरुद्ध गरेका थिए ।

करिब पाँच मिनेटको नाराबाजीपछि पनि सभामुखको आग्रह सुनुवाइ नभएपछि उहाँले बैठक २० मिनेटका लागि बैठक स्थगित गर्नुभएको थियो । पुनः बैठक बस्नका लागि दलहरुबीच छलफल भएपनि सहमति हुन नसकेपछि बैठक शनिबारसम्मका लागि स्थगित भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 May 2023
Website | + posts