गुणस्तरहीन तोरीको तेल बिक्री गरे कडा कारबाही हुने

गुणस्तरहीन तोरीको तेल बिक्री गरे कडा कारबाही हुने : Icon Khabar

काठमाडौँ, जेठ १२ । वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गुणस्तरहीन तोरीको तेल बिक्री गरे कडा कारबाही गर्ने चेतावनी दिएको छ । अवैध रुपमा भित्रिएको गुणस्तरहीन तोरीको तेल बिक्री गरे व्यापारीहरुलाई कडा कारबाही गर्ने विभागले चेतावनी दिएको हो ।

अवैध रुपमा नेपाल भित्रिएको कुनै पनि सामग्री कहीँ कतै सञ्चित गर्न, ढुवानी तथा थोक तथा खुद्रा बिक्री वितरण नगर्न/नगराउन विभागले निर्देशन दिएको छ । कहीँकतै त्यसो गरेको फेला परेमा उपभोक्ता संरक्षण ऐन २०७५ एवं अन्य प्रचलित कानुन बमोजिम कडा कारबाही हुने विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्ता अवैध कार्य भएको पाइएमा गुनासो पोर्टलमा जानकारी गराउन समेत विभागले अनुरोध गरेको छ ।

Published Date: 26 May 2023


ताजा
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज
सोमवारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग