आजबाट स्व. त्रि–रत्न ग्वाछा स्मृति खुला बुद्धिचाल प्रतियोगिता सुरू

आजबाट स्व. त्रि–रत्न ग्वाछा स्मृति खुला बुद्धिचाल प्रतियोगिता सुरू : Icon Khabar

भक्तपुर, जेठ १२ । भक्तपुर युवा टीमको आयोजनामा टीमका सदस्यतथा बुद्धिचाल खेलाडी त्रि–रत्न ग्वाछाको स्मृतिमा “स्व.त्रि–रत्न ग्वाछा स्मृतिखुला फिडे रापिड बुद्धिचाल प्रतियोगिता–२०८०” आज शुक्रबारबाट सुरू भएको छ । भक्तपुर युवा टीमका संस्थापक अध्यक्ष तथा सल्लाहकार विश्वराम कवांले पानसमा दीप प्रज्वलन गरी प्रतियोगीता उद्घाटन गरेका हुन् ।

प्रतियोगीता उद्घाटन गर्दै सल्लाहकार कवांले समाजको लागि राम्रो योगदान गर्ने जो कोहीलाई पनि समाजले सम्झिरहने भन्दै स्व.त्रि–रत्न ग्वाछाले टीमको स्थापनाकालदेखि सामाजिक कार्यमा पुर्याएको योगदानलाई सदा सम्झिरहेकोले उनको स्मृतिमा बुद्धिचाल प्रतियोगिता भइरहेको बताए ।

सल्लाहकार कवांले राष्ट्रले खेलाडीहरूलाई उचित सम्मान दिनुपर्ने र खेलकुदको विकासको लागि उचित व्यवस्था गर्नुपर्ने विचार व्यक्त गरेका थिए ।

भक्तपुर नगरपालिका ७ नं. वडाका वडाअध्यक्ष तथा टीमका सल्लाहकार उकेश कवांले प्रतियोगितामा सहभागी हुने सम्पूर्ण खेलाडीहरूले अनुशासित भएर खेल्नुपर्ने र खेललाई देश र जनताको सेवागर्न उपयोग गर्नुपर्ने विचार व्यक्त गरे ।

त्यस्तै भक्तपुर नगरपालिका नगर खेलकुद समितिका संयोजक तथा भक्तपुर नगरपालिका १ नं. वडाका वडाअध्यक्ष श्याम कृष्ण खत्रीले भक्तपुर नगरपालिकाले खेलको विकास गर्न हरेक वर्ष खेलकुदका गतिविधिहरूको आयोजना गर्दै आएको बताए ।

टीमका अध्यक्ष केशब त्वानाबासूको सभापतित्वमा भएको कार्यक्रममा सचिव एवम् प्रतियोगिताका संयोजक रामेश्वर मचामसी र सुरेश कवांले पनि खेलकुदको विषयमा आआफ्नो विचार व्यक्त गरेका थिए ।

प्रतियोगितामा नेपालभरीबाट १३५ र ५जना विदेशी खेलाडी गरी १४० जना खेलाडीहरूको सहभागिता रहेको छ । प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम जेठ १३ गते शनिबार हुनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद पच्चीस हजार, द्वितीय हुनेलाई पन्ध्र हजार, तृतीय हुनेलाई दश हजार, चौंथो हुनेलाई आठ हजार, पाँचौ हुनेलाई छ हजार र छैटौं देखि दशौं सम्मका प्रत्येक खेलाडीले नगद पाँच हजार पुरस्कार प्राप्त गर्ने छ भने विभिन्न दश वटा विधामा पनि नगद पुरस्कारको व्यवस्था गरेको छ ।

शुक्रबार चौंथो चरणसम्मका खेलहरू सम्पन्न भइसकेको छ । चौंथो चरणसम्म आइपुग्दा चार वटा नै खेल जितेर उत्कृष्ट अङ्क प्राप्त गर्नेहरू प्रेमकृष्ण महर्जन, सुदिम तामाङ, आषिश फुयाल, सुविर लामा, रूपेश जयशवाल, पुरूषोत्तम सिलवाल, चिरन्जित मन्ना रहेका छन ।

Published Date: 26 May 2023


ताजा
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
ट्रेलम्यापरले गर्‍यो ‘स्ट्रक्चर्ड डेटा’ सम्बन्धी प्यानल छलफल, सुरक्षित र स्मार्ट पर्यटनमा जोड
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु