भक्तपुरमा चार दिने प्रांगारिक कृषि खेती तालिम सुरू

भक्तपुरमा चार दिने प्रांगारिक कृषि खेती तालिम सुरू : Icon Khabar

भक्तपुर, जेठ १२ । भक्तपुर नगरपालिकाको आयोजनामा चार दिने प्रांगारिक कृषि खेती तालिम सुरु भएको छ । तालिमको उद्घाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गरे।

प्रमुख प्रजापतिले भक्तपुर नपाको कृषि समितिमार्फत किसान लक्षित विभिन्न गतिविधिहरु अगाडि बढिरहेको बताउँदै प्रांगारिक कृषि खेती तालिम सञ्चालनबाट विषादीरहित तरकारी उत्पादन, प्रांगारिक मलको उत्पादन तथा प्रयोग र व्यवसायिक उत्पादनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे।

उनले कृषि प्रधान देशलाई वैज्ञानिक खेतीको आवश्यकता रहेको बताए । कृषि उत्पादन बढेसँग देश आत्मनिर्भर हुँदै जाने र विदेशबाट कृषिजन्य वस्तुको आयात घट्दै जाने हुँदा यहाँका स्थानीयहरुलाई कम जग्गामा धेरै उत्पादन हुने विधि सिकाउन यस तालिमको आयोजना भएको उनले बताए।

कार्यक्रममा भक्तपुर नपा वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजुले तालिम सञ्चालनबाट धेरै किसानहरु लाभान्वित हुने विश्वास व्यक्त गर्दै यसबाट स्वस्थ खाद्यान्न उत्पादन हुने बताए।

Published Date: 26 May 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग