भक्तपुरमा चार दिने प्रांगारिक कृषि खेती तालिम सुरू

भक्तपुरमा चार दिने प्रांगारिक कृषि खेती तालिम सुरू : Icon Khabar

भक्तपुर, जेठ १२ । भक्तपुर नगरपालिकाको आयोजनामा चार दिने प्रांगारिक कृषि खेती तालिम सुरु भएको छ । तालिमको उद्घाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गरे।

प्रमुख प्रजापतिले भक्तपुर नपाको कृषि समितिमार्फत किसान लक्षित विभिन्न गतिविधिहरु अगाडि बढिरहेको बताउँदै प्रांगारिक कृषि खेती तालिम सञ्चालनबाट विषादीरहित तरकारी उत्पादन, प्रांगारिक मलको उत्पादन तथा प्रयोग र व्यवसायिक उत्पादनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे।

उनले कृषि प्रधान देशलाई वैज्ञानिक खेतीको आवश्यकता रहेको बताए । कृषि उत्पादन बढेसँग देश आत्मनिर्भर हुँदै जाने र विदेशबाट कृषिजन्य वस्तुको आयात घट्दै जाने हुँदा यहाँका स्थानीयहरुलाई कम जग्गामा धेरै उत्पादन हुने विधि सिकाउन यस तालिमको आयोजना भएको उनले बताए।

कार्यक्रममा भक्तपुर नपा वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजुले तालिम सञ्चालनबाट धेरै किसानहरु लाभान्वित हुने विश्वास व्यक्त गर्दै यसबाट स्वस्थ खाद्यान्न उत्पादन हुने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 May 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने