आगामी आइतबार राष्ट्र बैंकमार्फत सरकारले करिब २९ अर्ब बराबरको ट्रेजरी विल्स जारी गर्ने

आगामी आइतबार राष्ट्र बैंकमार्फत सरकारले करिब २९ अर्ब बराबरको ट्रेजरी विल्स जारी गर्ने : Icon Khabar

काठमाडौँ, जेठ १२ । सरकारले आन्तरिक ऋण उठाउन धमाधम ट्रेजरी विल्स विक्री गर्न थालेको छ। सरकारले केन्द्रिय बैंक मार्फत आइतबार २९ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी विल्स जारी तथा नवीकरण गर्ने भएको हो।

कुल २९ अर्ब १३ करोडमध्ये ९१ दिन अवधिको ४ अर्ब रुपैयाँकाे नयाँ ट्रेजरी विल्स बिक्री गर्न लागेको छ भने बाँकी २५ अर्ब १३ करोड रुपैयाँ नवीकरण गर्न लागेको हो। नवीकरण गर्न लागेको विल्समध्ये २८ दिने ४ अर्बको, ९१ दिनेको १३ अर्ब १३ करोडको, १८२ दिने ६ अर्ब र ३६४ दिने १२ अर्ब रुपैयाँको रहेको छ।

ट्रेजरीको बोलकबोल अनलाइनमार्फत दिउँसो ३ बजे खुला हुने छ भने केन्द्रीय बैंकको इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्था,गैर–बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकले समेत बोलकबोलमा भाग लिन सक्नेछन् ।

Published Date: 26 May 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी