सोहन र पेमा भए बागमती प्रदेश खेलकुदको बक्सिङ प्रतियोगितामा उत्कृष्ट बक्सर

सोहन र पेमा भए बागमती प्रदेश खेलकुदको बक्सिङ प्रतियोगितामा उत्कृष्ट बक्सर : Icon Khabar

काठमाडौँ, जेठ ११ । मकवानपुरका सोहन राई र काभ्रेकी पेमा लामा जारी दोस्रो बागमती प्रदेश खेलकुदको बक्सिङ प्रतियोगितामा उत्कृष्ट बक्सर घोषित भएका छन् ।

हेटौडास्थित हेटौडा कभर्डहलमा सम्पन्न बक्सिङ प्रतियोगितामा पुरुष ६३ केजी तौल समूहमा स्वर्ण विजेता सोहन र महिला ५७ केजीमा स्वर्ण विजेता पेमा उत्कृष्ट बक्सर भएकी हुन् । सोहनले फाइनलमा सिन्धुपाल्चोकका प्रज्वल श्रेष्ठलाई ५–० ले हराए । पेमाले भने फाइनलमा चितवनकी नतिसा थापामगरलाई ५–० ले नै नै हराइन् ।

प्रतियोगितामा काभ्रे ७ स्वर्ण, २ रजत र २ कांस्यसाथ टिम च्याम्पियन बन्यो । समान ३–३ स्वर्ण, रजत र कांस्यसाथ काठमाडौं दोस्रो भयो । तेश्रो स्थानमा चित्त बुझाएको भक्तपुरले ३ स्वर्ण हात पार्यो। पुरुष ४८ केजीमुनि काभ्रेका लक्ष्मण राईले स्वर्ण र लतिलतपुरका प्रकाश कठायतले रजत पदक जिते ।

पुरुष ५१ केजीमुनि काभ्रेका लालप्रसाद उप्रेती र ५४ केजीमा काठमाडौंका मदनकृष्ण डंगोलले स्वर्ण जिते । फाइनलमा लालप्रसादले मकवानपुरका शशी विक र मदनले काभ्रेका सुलभ डंगोललाई समान ५–० ले हराए । ५७ केजीमा नुवाकोटका निरन्जन मोक्तानले फाइनलमा ललितपुरका रोशन आछामीलाई ३–३ ले हराउँदै स्वर्ण जिते । ६० केजी तौलसमूहमा ललितपुरका सागर दर्जी र ६७ केजीमा ललितपुरकै विकास रानामगरले मकवानपुरका अनिष मुलामीलाई अंकका आधार हराउँदै स्वर्ण जिते ।

पुरुषको ६७ केजी तौलसमूहमा सिन्धुपाल्चोकका चन्द्रबहादुर तामाङलाई ५–० ले हराउँदै स्वर्ण जिते । ७५ केजीमा काठमाडौंका अश्विनधीरण श्रेष्ठले फाइनलमा नुवाकोटका आषिश पुडासैनी र ८० केजीमा सिन्धुपाल्चोकका निश्चल विष्टले सबिन महतलाई हराउँदै स्वर्ण पदक प्राप्त गरे । ८६केजी तौलसमूहमा भक्तपुरका विजय बाटाले काठमाडौंका आयुष अधिकारीलाई हराउँदै स्वर्ण जिते । ९२ केजीमाथि काठमाडौंका सन्जोक गुरुङले पहिलो राउन्डमा नै काठमाडौंका शुभम पाठकलाई हराउँदै स्वर्ण आफ्नो बनाए ।

महिलातर्पm ४८ केजीमा सिन्धुलीका रमिशा श्रेष्ठले फाइनलमा काभ्रेका पूर्णिमा तामाङ र ५० केजीमाथि भक्तपुरकी अस्मिता दुवालले काठमाडौंकी उर्वशी श्रेष्ठलाई हराउँदै स्वर्ण पदक प्राप्त गरे । महिलाकै ५२ केजीमा भक्तपुरकी भावना भण्डारीलाई र ५४ केजीमा काभ्रेकी एलिना गर्बुजालाई हराउँदै स्वर्ण पदक आफ्नो बनाए । ६० केजीमा नुवाकोटकी रक्षा जिसीले फाइनलमा चितवनकी जस्मिन गुरुङलाई पहिलो राउन्डमा नै हराउँदै स्वर्ण आफ्नो बनाइन् ।

६३ केजीमा काभ्रेकी जिबिका थापा र ६६ केजीमा काभ्रेकै प्रतिशा राईले स्वर्ण पदक प्राप्त गरे । फाइनलमा जिबिकाले काठमाडौंकी सन्जना पुजारी र प्रतिशाले चितवनका तृष्णा गुरुङलाई हराइन् । महिलाकै ७५ केजीमा काभ्रेकी शीला महर्जनले फाइनलमा चितवनकी तनिशा महर्जनलाई हराउँदै स्वर्ण पदक प्राप्त गरिन् ।

विजेता खेलाडीलाई बागमती प्रदेश खेलकुद परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारी, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका कार्यालय प्रमुख देवनारायण चौधरी, प्रतियोगिता संयोजक एवं नेपाल बक्सिङ संघका सदस्य मानबहादुर भण्डारी, नेपाल बक्सिङ संघका सदस्य धनकुमार मैनाली, आईटीओ तथा टेक्निकल डेलिगेट पुस्करराज पन्त, बक्सिङका पूर्व प्रमुख प्रशिक्षक प्रकाश थापा मगर लगायतले पुरस्कृत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 May 2023
Website | + posts




ताजा
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान
सुन आयातको सीमा बढ्यो, २० किलोबाट बढेर अब दैनिक २५ किलो ल्याउन पाउने
जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएको उत्तरपुस्तिकाको परीक्षा पुनः गर्ने त्रिविको निर्णय
शुक्रबार सुनको भाउ प्रतितोला ४ हजार २ सय रुपैयाँले घट्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित