ख्वप कलेजमा हुने तेश्रो राष्ट्रिय सम्मेलनका बारेमा प्राचार्य प्रकाशकुमार श्रेष्ठसँगको आइकन संवाद

ख्वप कलेजमा हुने तेश्रो राष्ट्रिय सम्मेलनका बारेमा प्राचार्य प्रकाशकुमार श्रेष्ठसँगको आइकन संवाद : Icon Khabar
ख्वप कलेज भक्तपुरका प्राचार्य प्रकाश कुमार श्रेष्ठ
भक्तपुर, जेठ ११ । भक्तपुर नगरपालिकाद्वारा संचालित ख्वप कलेजको आयोजनामा र विश्वविद्यालय अनुदान आयोगको सहयोगमा यहि मिति २०८० जेठ १३ गते र १४ गते हुन लागेको तेश्रो राष्ट्रिय सम्मेलनका बारेमा ख्वप कलेजका प्राचार्य प्रकाश कुमार श्रेष्ठसँगको आइकन संवाद यहाँ प्रस्तुत छ:
१. सर्वप्रथम यहाँले ख्वप कलेजको प्राचार्य पद सम्हाल्नु भएपछीको कार्य सम्पादनका बारेमा केहि बताइदिनुहोस।
कार्यसम्पादनमा खासै कुनै नौलो कुरा छैन । हामीले BBS लाई थप कक्षाभार राखेर BBA र BBM का कोर्स पनि पढाउन सुरु गरेका छौं। हामी त्यसलाई Certification पनि गर्नेछौ ।
२. यहि जेठ १३ र १४ गते दुई दिने वर्तमान चुनौतीहरुका बारेमा बहु-अनुशासनात्मक दृष्टिकोण विषयक तेश्रो राष्ट्रिय सम्मेलन हुँदैछ। यसको बारेमा जनाकारी दिनुहोस।
जेठ १३–१४ गते हुन गइरहेको दुई दिने राष्ट्रिय सम्मेलनको अन्तिम तयारीमा छौं। विश्वविद्यालय अनुदान आयोगको सहयोगमा उक्त सम्मेलन आयोजना गर्दै छौं । सम्मेलनमा देशभरबाट सहभागिताको लागि प्रचारप्रसार गरेका छौ“ । करिब २५० जनाले त्यस सम्मेलनमा सहभागिता जनाउनु हुनेछ । सम्मेलन अगाडी Abstract प्रकाशन हुनेछ । ७८ वटा Paper प्रस्तुति हुनेछन् । सम्मेलन सम्पन्न भएपश्चात् Journal  प्रकाशन गर्नेछौं ।
३. यो सम्मेलनका उद्वेश्यहरु के के रहेका छन् ?
जेठ १३ गते दस बजे सम्मेलनको उद्घाटन शत्र सुरु हुनेछ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे“ (रोहित) ज्यूको प्रमुख आतिथ्यमा कार्यक्रम हुनेछ । मुख्यतया विभिन्न विषयमा शोधकार्यमा लागिरहनु भएका शोधकर्ताहरुले आफ्ना शोधका उपलब्धि र पत्ता लागेका कुराहरु सम्मेलनका विभिन्न चरणहरुमा प्रस्तुत गर्नुहुनेछ ।
साथै, सम्मेलनले शोध कार्यलाई थप विस्तार र प्रभावकारी कसरी बनाउन सकिन्छ भन्नेबारे छलफल एवं अनुसन्धान र अन्वेषण अगाडि बढाउन हौसला प्रदान गर्नेछ भन्ने ठानेका छौं ।
नयाँ पुस्ताका विद्यार्थीहरुलाई अनुसन्धान, शोध, अन्वेषणमा उत्प्रेरित गर्ने साथै स्थानीय सीपलाई संहिताकरण गरी अध्ययन अनुसन्धानको विषयवस्तुमा संलग्न गर्ने प्रयासहरु हुनेछन् ।
४. ख्वप कलेजकै आयोजनामा केहि समय अघि पहिलो र दोश्रो राष्ट्रिय सम्मेलन पनि सम्पन्न भएको हो। ति सम्मेलनहरुमा उठेका कुराहरुले कतिको पूर्णता पाए ?
पहिलो र दोश्रो राष्ट्रिय सम्मेलनमा उठेका कुराहरु अहिले पनि त्यतिकै सान्दर्भिक छन् । अहिलेको युग ज्ञानमा आधारित युग भएकोले त्यसकै जगमा देश विकास हुन्छ ।
५. राष्ट्र अनि समाजलाई यस सम्मेलनबाट कस्तो सहयोग हुनेमा आशावादी हुनुहुन्छ ?
सम्मेलन आयोजनाका मूख्य उद्देश्य नयाँ पुस्तालाई अध्ययन अनुसन्धानमा आकर्षित गर्नु हो । तेश्रो सम्मेलनसम्म आईपुग्दा अनुसन्धानकर्ताहरुको सहभागिता बढेसँगै हामीले सम्मेलन आयोजन गर्नु समय सान्दर्भिक भएको ठानेका छौं ।
६. यो दुई दिने सम्मेलनमा मुख्य वक्ताहरु को को हुनुनुहुनेछ र उहाँहरुले कस्ता कस्ता विषयमा बोल्नुहुनेछ ?
दुई दिने सम्मेलनका मूख्य वक्ताहरुमा  Keynote Speaker हरुमा  Prof. Dr. Bidhya Nath Korala, Prof. Dr. Kusum Shakya
Panel Discussion Session Prof. Dr. Ram Chandra Poudel
Prof. Dr. Regina Maskey
Asso. Prof. Raghu Bir Bista
Technical SessionProf. Dr. Siddhi Bir Karmacharya
Prof. Dr. Sushmita Taladhar
Prof. Dr. Chakramani Sharma
Prof. Dr. Arhan Sthapit
Prof. Dr. Om Sharma …आदि
मूख्यतया विभिन्न क्षेत्रका अनुसन्धान, शोध र उपलब्धि अनि त्यसलाई देशको समग्र विकासमा कसरी समेट्ने भन्ने विषयमा सम्मेलन केन्द्रित हुनेछ ।
७. यस कार्यक्रममा कतिजनाको सहभागिता रहने अपेक्षा गर्नुभएको छ ? उहाँहरुको उपस्थितिले कुन कुन क्षेत्रको प्रतिनिधित्व गर्नेछ ?
यस पटक हामीले Multidisciplinary Conference गर्ने भएकोले
-Science & Technology
-Management
-Humanities
-Law and Justice
Education लागयतका विषयहरुमा Paper हरु प्रस्तुत हुनेछन् ।
८. यहाँको विचारमा वर्तमान चुनौतीहरु के के रहेका छन् ?
देशमा अनुसन्धान, अन्वेषणमा कमी, अनि प्रतिभा पलायन वर्तमान चुनौती हो । साथै, नयाँ प्रविधिको विकास र खोज कार्यहरु नभएसम्म हामी अगाडी बढ्न सक्दैनौ । त्यस निमित्त सम्मेलनमार्फत खोज, अनुसन्धानलाई उजागर गर्नुपर्ने आजको आवश्यकता हो । सबै नयाँ पिढी र पुराना पुस्ताबिच अनुभव आदानप्रदान गर्नु आवश्यक छ । त्यस निमित सम्मेलनले सेतूको काम गर्नेछ ।
९. अन्तिममा यस सम्मेलनलाई नै लिएर यहाँको सन्देश के रहेको छ?
भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र बनाउने जुन ‘सपना’ छ त्यसमा सबै आ–आफ्नो ठाउँबाट सरिक हुन सम्पूर्णमा अनुरोध छ ।
धन्यवाद।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 May 2023
Website | + posts