आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घट्यो

आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, जेठ ११ । सुनको भाउ आज तोलामा १ हजार रुपैयाँले घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले घटेर १ लाख ८ हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि बुधबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँ रहेको थियो । यस्तै, तेजावी सुनको भाउ १ लाख ९ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो ।

बिहीबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १३ सय ५० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १३ सय ६० रुपैयाँ कायम रहेको थियो ।

Published Date: 25 May 2023
Website | + posts




















ताजा
पत्रकार पक्राउ र सञ्चारमाध्यममाथि हस्तक्षेपको विरोधमा माइतीघरमा पत्रकारहरूको प्रदर्शन
एनपीएलमा आज दुई खेल हुँदै, वर्षाले खेल प्रभावित हुन सक्ने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक