बागमती प्रदेश सरकारद्वारा २० वर्ष पुराना सवारी साधन हटाउन निर्देशन

बागमती प्रदेश सरकारद्वारा २० वर्ष पुराना सवारी साधन हटाउन निर्देशन : Icon Khabar

काठमाडौं, जेठ ९ । बागमती प्रदेश सरकारले २० वर्ष अवधि पूरा भएका सार्वजनिक सवारीसाधनलाई हटाउन निर्देशन दिएको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले एक सूचना प्रकाशित गर्दै त्यस्ता सवारी ३५ दिनभित्र हटाउन निर्देशन दिएको हो ।

प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ अनुसार दर्ता भएको मितिले सार्वजनिक प्रयोजनमा प्रयोग भएका विद्युतीय सवारीसाधन ३० वर्षमा र अन्य २० वर्षपछि चलाउन पाइँदैन ।

यही ऐनमा टेकेर प्रदेश सरकारले हालसम्मको राजस्व बुझाइ अवधि पुगेका सवारी नचलाउन आग्रह गरेको हो । २० वर्ष पूराना सवारीसाधनहरुबाट प्रदुषण हुने र यात्राका दृष्टिकोणले पनि सुरक्षित नहुने हुँदा त्यसलाई हटाउने सरकारको नीति रहेको छ ।

Published Date: 23 May 2023
Website | + posts




















ताजा
पत्रकार पक्राउ र सञ्चारमाध्यममाथि हस्तक्षेपको विरोधमा माइतीघरमा पत्रकारहरूको प्रदर्शन
एनपीएलमा आज दुई खेल हुँदै, वर्षाले खेल प्रभावित हुन सक्ने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक