बागमती प्रदेश सरकारद्वारा २० वर्ष पुराना सवारी साधन हटाउन निर्देशन

बागमती प्रदेश सरकारद्वारा २० वर्ष पुराना सवारी साधन हटाउन निर्देशन : Icon Khabar

काठमाडौं, जेठ ९ । बागमती प्रदेश सरकारले २० वर्ष अवधि पूरा भएका सार्वजनिक सवारीसाधनलाई हटाउन निर्देशन दिएको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले एक सूचना प्रकाशित गर्दै त्यस्ता सवारी ३५ दिनभित्र हटाउन निर्देशन दिएको हो ।

प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ अनुसार दर्ता भएको मितिले सार्वजनिक प्रयोजनमा प्रयोग भएका विद्युतीय सवारीसाधन ३० वर्षमा र अन्य २० वर्षपछि चलाउन पाइँदैन ।

यही ऐनमा टेकेर प्रदेश सरकारले हालसम्मको राजस्व बुझाइ अवधि पुगेका सवारी नचलाउन आग्रह गरेको हो । २० वर्ष पूराना सवारीसाधनहरुबाट प्रदुषण हुने र यात्राका दृष्टिकोणले पनि सुरक्षित नहुने हुँदा त्यसलाई हटाउने सरकारको नीति रहेको छ ।

Published Date: 23 May 2023
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा