मंगलबार नेप्से परिसूचक ५१.३१ अंकले बढ्यो, यस बर्ष यताकै उच्च

मंगलबार नेप्से परिसूचक ५१.३१ अंकले बढ्यो, यस बर्ष यताकै उच्च : Icon Khabar

काठमाडौँ, जेठ ९ । मंगलबार नेप्से परिसूचक ५१.३१ अंक अर्थात २.७१ प्रतिशत बढेर १९४२.६३ विन्दुमा पुगेको छ। यो २०८० सालकै उच्च विन्दु हो।

नेप्से बढेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। आज २७१ स्टकको ३८ हजार ७९६ पटकको कारोबारमा २ अर्ब २० करोड रुपैयाँ बराबरको ६० लाख ६७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। आजको कारोबार रकम करिब ३ महिना यताकै उच्च हो। यस अघि गत फागुन १४ गते साढे २ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

आज १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ। त्यसैगरी, वित्त, होटल तथा पर्यटन, जीवन बीमा, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, जलविद्युत, लगानी र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

Published Date: 23 May 2023
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा