आइटिएफ तेक्वान्दो : सुस्मितालाई स्वर्ण

आइटिएफ तेक्वान्दो : सुस्मितालाई स्वर्ण : Icon Khabar

हेटौडा, जेठ ८ । ललितपुरकी सुस्मिता केसीले दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत आइटिएफ तेक्वान्दोको तेस्रो डान प्याटर्नमा स्वर्ण जितेकी छन् ।

हेटौडास्थित हुप्राचौर खेल मैदानमा सोमबारदेखि सुरु भएको आइटिएफको महिला सिनियर प्याटर्न (तेस्रो) मा सुस्मिताले अनुभवी खेलाडी चितवनकी रुविका खड्कालाई हराउँदै स्वर्ण जितेकी हुन् । यसै विधाको पुरुषमा काभ्रेका मनीष भैलाले स्वर्ण जित्दा ललितपुरका सागर श्रेष्ठलाई पछि पारे । दोस्रो डान प्याटर्नअन्तर्गत पुरुषमा ललितपुरका विष्णु भण्डारीले स्वर्ण र भक्तपुरका सिजन राई तथा महिलामा काभ्रेकी श्रृष्टि मल्लले स्वर्ण र ललितपुरकी दिलशा खत्रीले रजत पदक जिते ।

पहिलो डान प्याटर्नको महिलामा चितवनकी सुस्मिता तामाङ र भक्तपुरकी सबिना तामाङ शीर्ष दुई स्थानमा रहे । यसै विधाको पुरुषमा चितवनका आरएन महतोले स्वर्ण र भक्तपुरका सौरभ विश्वकर्माले रजत पदक प्राप्त गरे । जुनियर बेल्टमा पुरुषको रातो पेटीमा काभ्रेका रिजुल श्रेष्ठले स्वर्ण र सिन्धुपाल्चोकका सन्दीप सिम्खडाले रजत पदक जिते । यसै विधाको महिलामा भक्तपुरकी मुना राई स्वर्ण र चितवनकी सुस्मा तामाङ रजत जित्न सफल भए । नीलो पेटीतर्पm महिलामा ललितपुरकी आहाना तामाङले स्वर्ण र काभ्रेकी तुलसा गौतमले रजत पदक जिते ।

यसै विधाको पुरुषतर्फ काभ्रेका सुमन थापामगर स्वर्ण र रामेछापका साहिल दोङ रजत पदक जित्न सफल भए । पुरुष टिम प्याटर्नमा काभ्रेले स्वर्ण जित्दा भक्तपुरलाई पछि पर्यो । महिलातर्पm भने चितवन पहिलो र भक्तपुर दोस्रो स्थानमा रह्यो ।

Published Date: 22 May 2023


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी