काभा महिला भलिबल च्यालेन्ज कप सुरु

किर्गिस्तान विरुद्ध नेपालको सहज जित

काभा महिला भलिबल च्यालेन्ज कप सुरु : Icon Khabar

काठमाडौं, जेठ ८ । नेपाल भलिबल संघको आयोजनामा सेन्ट्रल एशियन भलिबल एसोशियसन (काभा) महिला भलिबल च्यालेन्ज कप २०२३ आज सोमबारबाट सुरु भएको छ ।

च्याम्पियनसिपको सम्माननिय प्रधानमन्त्री पुष्प कमल दाहालले च्याम्पियनसिप सुरु भएको घोषणा गर्दै उद्घाटन गरे ।

च्याम्पियनसिपको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले आजैका दिन २०७४ साल जेष्ठ ८ (२२ मे २०१७) मा आफ्नै पालामा राष्ट्रिय खेलको रुपमा भलिबल चयन गरिएकोमा सोहि दिन पारेर आज सेन्ट्रल एशियन प्रतियोगिता नेपालमा आयोजना हुनुले आफुलाई निकैनै खुशी दिलाएको बताए । उनले भलिबलको विकासमा आफु सदा सहयोग गर्न तयार रहेको बताए ।

सोहि क्रममा प्रधानमन्त्री दाहालले केक काटेर राष्ट्रिय खेल भलिबलको जन्म दिवस मनाएका थिए ।

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले नेपालले यस प्रतियोगिता ल्याउने क्रममा बिदेशी संस्थाले नेपालमा बतानुकुलित कभर्डहल भए नभएको बारे जानकारी लिएको भन्दै राष्ट्रिय खेल भलिबल घोषणा गर्ने सरकाका प्रधानमन्त्री अहिले पनि प्रधानमन्त्रीनै भएको अवस्थामा बातानुकुलित एक कभर्डहल बनाउन आशा ब्यक्त गरे ।

कार्यक्रममा खेलाडीको तर्फबाट नेपाली भलिबल टिमकी कप्तान अरुणा शाही र निर्णायहरुको तर्फबाट अन्तर्राष्ट्रिय रेफ्रि गौतम प्रसाद लासिवाले अन्तराष्ट्रिय नियमानुसार खेल्ने र खेलाउने सपथ खाएका थिए ।

प्रमुख अतिथी प्रधानमन्त्री दाहालले सहभागी बिदेशी टिम र सहयोगीहरुलाई मायाको चिनो प्रदान  गरेका थिए ।

किर्गिस्तान विरुद्ध नेपालको सहज जित

सेन्ट्रल एशियन भलिबल एसोशियसन (काभा) महिला भलिबल च्याम्पियनसिप २०२३ अन्तरगत समूह चरणको पहिलो खेलमा नेपालले सहज जित हात पारेको छ । उद्घाटन खेलमा नेपालले किर्गिस्तानलाई २५–११, २५–१९, २१–११ को सहज जित हात पार्दै महत्वपूर्ण तीन अंक जोडेको छ ।

यस्तै आजै भएको समूह ए को पहिलो खेलमा च्याम्पियनसिपको बलियो टिम मानिएको भारतले पनि जित निकाल्दै ३ अंक जोडेको छ । भारते बंगलादेशमाथि ३–० को सहज जित निकालेको हो । भारतले बंगलादेशलाई २५–३, २५–९, २५–६ को सहज जित हात पारेको हो ।

समूह बि को पहिलो खेलमा उज्वेकिस्तानले श्रीलंका माथि ३–० को जित निकाल्यो । पहिलो सेटमा २७–२५ को जित निकालेको उज्वेकिस्तानले दोश्रो सेटमा २५–२० र तेश्रो सेटमा २५–१४ ले पराजित गर्दै ३ अंक जोडेको हो ।

Published Date: 22 May 2023


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी