दोस्रो चरणका लागि जुडोका १६ खेलाडी छनोट

दोस्रो चरणका लागि जुडोका १६ खेलाडी छनोट : Icon Khabar

काठमाडौं, जेठ ८ । चीनमा आयोजना हुने १९औं एसियाडका लागि नेपालको जुडो टोलीको दोस्रो चरणको भएको छ ।नयाँबजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्रमा भएको प्रतियोगिताबाट महिला र पुरुषतर्फ समान ४/४ तौलसमूह गरी कुल १६ खेलाडी छनोट भएका हुन् । पुरुष ६० केजीमुनि लुम्बिनी प्रदेशका विकास विक र कर्णाली प्रदेशका प्रवीणकुमार दियाली तथा ६६ केजीमुनि नेपाल पुलिसका इन्द्रबहादुर श्रेष्ठ र नेपाल आर्मीका किरण भट्टराई दोस्रो चरणका लागि छनोट भए ।

पुरुषकै ८१ केजीमुनि नेपाल पुलिसका मदु रोक्का मगर र आर्मीका जंगबहादुर सारु तथा सय केजीमाथि तौलसमूहमा नेपाल पुलिसका राजन जोशी र आर्मीका रन्जेश गोले छनोट भए ।

महिलातर्फ ५२ केजी तौलसमूहमा बागमतीकी देवकीमाया श्रेष्ठ र आर्मीकी रोश्ना दंगाल तथा ५७ केजीमुनि पुलिसकी मनिता श्रेष्ठ प्रधान र आर्मीकी सीमाकुमारी चिडी छनोट भएका छन् । महिलाकै ७० केजीमुनि आर्मीकी पुनम श्रेष्ठ र बागमतीकी रन्जना खड्का तथा ७८ केजीमाथि आर्मीकी आकृति जोशी र पुलिसकी पूजा राजवंशी दोस्रो चरणका लागि छनोट भए । १९औं एसियाड चीनको हान्जाउ सहरमा आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुनेछन् ।

Published Date: 22 May 2023


ताजा
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
शुक्रबार बिहान ५–६ बजे प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
चीनका शहरमा सेलिब्रिटी होइन, वैज्ञानिकका तस्वीर; नेपालमा पनि यस्तो अभियान सुरु गर्ने हो कि?
कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग