दोस्रो चरणका लागि जुडोका १६ खेलाडी छनोट

दोस्रो चरणका लागि जुडोका १६ खेलाडी छनोट : Icon Khabar

काठमाडौं, जेठ ८ । चीनमा आयोजना हुने १९औं एसियाडका लागि नेपालको जुडो टोलीको दोस्रो चरणको भएको छ ।नयाँबजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्रमा भएको प्रतियोगिताबाट महिला र पुरुषतर्फ समान ४/४ तौलसमूह गरी कुल १६ खेलाडी छनोट भएका हुन् । पुरुष ६० केजीमुनि लुम्बिनी प्रदेशका विकास विक र कर्णाली प्रदेशका प्रवीणकुमार दियाली तथा ६६ केजीमुनि नेपाल पुलिसका इन्द्रबहादुर श्रेष्ठ र नेपाल आर्मीका किरण भट्टराई दोस्रो चरणका लागि छनोट भए ।

पुरुषकै ८१ केजीमुनि नेपाल पुलिसका मदु रोक्का मगर र आर्मीका जंगबहादुर सारु तथा सय केजीमाथि तौलसमूहमा नेपाल पुलिसका राजन जोशी र आर्मीका रन्जेश गोले छनोट भए ।

महिलातर्फ ५२ केजी तौलसमूहमा बागमतीकी देवकीमाया श्रेष्ठ र आर्मीकी रोश्ना दंगाल तथा ५७ केजीमुनि पुलिसकी मनिता श्रेष्ठ प्रधान र आर्मीकी सीमाकुमारी चिडी छनोट भएका छन् । महिलाकै ७० केजीमुनि आर्मीकी पुनम श्रेष्ठ र बागमतीकी रन्जना खड्का तथा ७८ केजीमाथि आर्मीकी आकृति जोशी र पुलिसकी पूजा राजवंशी दोस्रो चरणका लागि छनोट भए । १९औं एसियाड चीनको हान्जाउ सहरमा आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 May 2023
Website | + posts
ताजा
वैदेशिक अध्ययनमा नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड
मंगलबार नेप्से परिसूचक १८.३७ अंकले बढ्यो
भारतमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न