नियमावली संशोधन समितिको बैठक बस्दै

नियमावली संशोधन समितिको बैठक बस्दै : Icon Khabar

काठमाडौं, जेठ ८ । संघीय संसदको संयुक्त बैठकमा व्यवसाय सञ्चालन नियमावली, २०७५ संशोधन समितिको पहिलो बैठक सोमबार संसद भवन नयाँ बानेश्वरमा बसेको छ ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको उपस्थितिमा संशोधन समितिको पहिलो बैठक बसेको थियो ।

बैठकलाई सम्बोधन गर्दै सभामुख घिमिरेले नियमावलीमा यथाशीघ्र संशोधन गर्नुपर्ने तथ्यलाई बुझेर समितिले आफ्नो कामलाई द्रुत गतिमा अघि बढाउने विश्वास व्यक्त गरे ।

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले नियमावलीलाई लामो समयसम्म परिमार्जन गर्न नपर्ने गरी सर्वसम्मतिले पारित गर्न समितिलाई आग्रह गर्नुभयो ।

केही दिनअघि बसेको राष्ट्रियसभाको बैठकले समिति गठनसम्बन्धी प्रस्ताव पारित गरेको थियो । उक्त प्रस्तावलाई प्रतिनिधिसभाले अनुमोदन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 May 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने