नियमावली संशोधन समितिको बैठक बस्दै

नियमावली संशोधन समितिको बैठक बस्दै : Icon Khabar

काठमाडौं, जेठ ८ । संघीय संसदको संयुक्त बैठकमा व्यवसाय सञ्चालन नियमावली, २०७५ संशोधन समितिको पहिलो बैठक सोमबार संसद भवन नयाँ बानेश्वरमा बसेको छ ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको उपस्थितिमा संशोधन समितिको पहिलो बैठक बसेको थियो ।

बैठकलाई सम्बोधन गर्दै सभामुख घिमिरेले नियमावलीमा यथाशीघ्र संशोधन गर्नुपर्ने तथ्यलाई बुझेर समितिले आफ्नो कामलाई द्रुत गतिमा अघि बढाउने विश्वास व्यक्त गरे ।

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले नियमावलीलाई लामो समयसम्म परिमार्जन गर्न नपर्ने गरी सर्वसम्मतिले पारित गर्न समितिलाई आग्रह गर्नुभयो ।

केही दिनअघि बसेको राष्ट्रियसभाको बैठकले समिति गठनसम्बन्धी प्रस्ताव पारित गरेको थियो । उक्त प्रस्तावलाई प्रतिनिधिसभाले अनुमोदन गरेको थियो ।

Published Date: 22 May 2023


ताजा
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
शुक्रबार बिहान ५–६ बजे प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
चीनका शहरमा सेलिब्रिटी होइन, वैज्ञानिकका तस्वीर; नेपालमा पनि यस्तो अभियान सुरु गर्ने हो कि?
कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग