संकटा र जावलाखेल बराबरी

संकटा र जावलाखेल  बराबरी : Icon Khabar

काठमाडौं, जेठ ७ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लब र संकटा क्लबको खेल बराबरीमा टुंगिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा जावलाखेल र संकटाले २-२ गोलको बराबरी खेलेका हुन् ।

खेलको ४३ औं मिनेटमा आयुष घलानले र ७३ औं मिनेटमा चन्द्रकुमार दासले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । सुरुआती दुई गोलको अग्रता बनाएको संकटाले त्यसलाई जोगाउन सकेन।

खेलको ७७ औं मिनेटमा एन्कोटो मोसाबीले गोल गर्दै जावलाखेललाई २-१ को स्थितिमा ल्याए । त्यसपछि खेलको ८६ औं मिनेटमा समिराज थोकरले गोल गर्दै जावलाखेललाई २-२ गोलको बराबरीमा ल्याए ।

यस बराबरीसँगै जावलाखेलले २० खेलमा ३३ अंक जोडेको छ भने संकटाले २० खेलमा २३ अंक जोडेको छ ।

Published Date: 21 May 2023


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता