संकटा र जावलाखेल बराबरी

संकटा र जावलाखेल  बराबरी : Icon Khabar

काठमाडौं, जेठ ७ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लब र संकटा क्लबको खेल बराबरीमा टुंगिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा जावलाखेल र संकटाले २-२ गोलको बराबरी खेलेका हुन् ।

खेलको ४३ औं मिनेटमा आयुष घलानले र ७३ औं मिनेटमा चन्द्रकुमार दासले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । सुरुआती दुई गोलको अग्रता बनाएको संकटाले त्यसलाई जोगाउन सकेन।

खेलको ७७ औं मिनेटमा एन्कोटो मोसाबीले गोल गर्दै जावलाखेललाई २-१ को स्थितिमा ल्याए । त्यसपछि खेलको ८६ औं मिनेटमा समिराज थोकरले गोल गर्दै जावलाखेललाई २-२ गोलको बराबरीमा ल्याए ।

यस बराबरीसँगै जावलाखेलले २० खेलमा ३३ अंक जोडेको छ भने संकटाले २० खेलमा २३ अंक जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 May 2023
Website | + posts










ताजा
बासु माध्यमिक विद्यालयमा कक्षा १० को विदाइ तथा कक्षा ११ को स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट