एल साल्भाडोर रंगशालामा भागदौड हुँदा ९ जनाको मृत्यु

एल साल्भाडोर रंगशालामा भागदौड हुँदा ९ जनाको मृत्यु : Icon Khabar

सान साल्भाडोर, जेठ ७ । मध्य अमेरिकी देश एल साल्भाडोरमा भएको एउटा दुखद घटनामा स्टेडियममा खेल चलिरहेको बेला फ्यानहरू भित्र पस्न खोज्दा भागदौड मच्चिँदा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै अन्य कैयौं घाइते भएको छ।

ट्विटरमा साल्भाडोरका स्वास्थ्य मन्त्री फ्रान्सिस्को अलाबीले भने,”आपतकालीन टोलीहरू खटाइएको छ र घाइतेहरूलाई स्थानीय अस्पतालमा सारिएको छ।”

सीएनएनको रिपोर्ट अनुसार एल साल्भाडोरको राष्ट्रिय सिभिल पुलिसले उपलब्ध गराएको भिडियोमा स्टेडियम बाहिर पार्क गरिएका धेरै एम्बुलेन्सहरू र चिकित्सकहरू घटनास्थलमा हतारिएको देखाइएको छ।

Published Date: 21 May 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै