प्रकाश दाहाल स्मृति बक्सिङ असारमा

प्रकाश दाहाल स्मृति बक्सिङ असारमा : Icon Khabar

काठमाडौं, जेठ ६ । प्रकाश दाहाल स्मृति पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता असार तेस्रो साता हुने भएको छ । अखिल नेपाल खेलकुद संघको आयोजनामा असार १७ देखि २० गतेसम्म काठमाडौंको बुढानीलकण्ठमा तेस्रो संस्करणको प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

प्रतियोगितामा ओलम्पिक तौल पुरुषतर्फ सात र महिलामा ६ तौल समूहमा प्रतिस्पर्धा हुने प्रतियोगिताका संयोजक एवं नेपाल बक्सिङ संघका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसीले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगितामा पुरुषतर्फ ५१, ५७, ६३, ७१, ८०, ९२ र ९२ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यस्तै महिलामा ५०, ५४, ५७, ६०, ६६ र ७५ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

नेपाल बक्सिङ संघको प्राविधिक सहयोगमा आयोजना हुने प्रतियोगितामा तीन विभाग र सात प्रदेशका खेलाडीले प्रतिस्पर्धा गर्ने संयोजक केसीले जानकारी दिए । उनले हरेक तौल समूह र महिला तथा पुरुषतर्फका उत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कार प्रदान गरिने बताए । उनले पुरस्कारका बारेमा पछि विस्तृत रुपमा जानकारी दिने बताए ।

कार्यक्रममा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, बक्सिङ संघका पूर्व अध्यक्ष राजीव श्रेष्ठ, उपाध्यक्ष किरणबहादुर श्रेष्ठ, केन्द्रीय सदस्य तथा प्रवक्ता श्याम अवाले, केन्द्रीय सदस्य मानबहादुर भण्डारी, प्रनिर अधिकारी, अखिल नेपाल खेलकुद संघका पदाधिकारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, खेलाडी, प्रशिक्षक र बक्सिङप्रेमीको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 May 2023
Website | + posts
ताजा
वैदेशिक अध्ययनमा नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड
मंगलबार नेप्से परिसूचक १८.३७ अंकले बढ्यो
भारतमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न