बिहीबार सुन तोलामा ३०० रुपैयाँले सस्तियो, तोलाको एक लाख ९ हजार ७०० रुपैयाँमा कारोबार हुँदै

बिहीबार सुन तोलामा ३०० रुपैयाँले सस्तियो, तोलाको एक लाख ९ हजार ७०० रुपैयाँमा कारोबार हुँदै : Icon Khabar

काठमाडौँ, जेठ ४ । बिहीबार सुन तोलामा ३०० रुपैयाँले सस्तिएको छ। चाँदीको मूल्य भने यस दिन स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९ हजार ७०० रुपैयाँ झरेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार पनि सुन तोलामा एक हजार १०० रुपैयाँले घट्दा प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी प्रतितोला एक हजार ३७० रुपैयाँ कायम रहेको छ ।

Published Date: 18 May 2023


ताजा
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज
सोमवारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग