हिम रिभर पावरले २६ करोड ६० लाखको आईपीओ ल्याउने, बिक्रि प्रबन्ध सिद्धार्थ क्यापिटल

हिम रिभर पावरले २६ करोड ६० लाखको आईपीओ ल्याउने, बिक्रि प्रबन्ध सिद्धार्थ क्यापिटल : Icon Khabar

काठमाडौं, जेठ ४ । हिम रिभर पावर लिमिटेडले २६ करोड ६० लाख रुपैयाँ बराबरको आईपीओ ल्याउने भएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका २ मा १६.२६ मेगावाटको आयोजना निर्माण गरिरहेको कम्पनीले २६ लाख ६० हजार कित्ता आईपीओ जारी गर्न लागेको हो ।

आइपीओ जारी गर्नका लागि कम्पनीले सिद्धार्थ क्यापिटललाई बिक्रि प्रबन्ध नियुक्त गरेको छ । लिपिङ खोलामा निर्माण भैरहेको आयोजनाको ६५ प्रतिशत निर्माण कार्य सम्पन्न भैसकेको छ ।

कम्पनीले जारी पुँजीको १० प्रतिशतले हुने १३ करोड ३० लाख रुपैयाँ बराबरको १३ लाख ३० हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि जारी गर्नेछ । बाँकी रहेको १३ करोड ३० लाख मूल्य बराबरको आईपीओ भने आम सर्वसाधारणका लागि निष्काशन हुनेछ ।
सेयर निष्काशन सम्बन्धी सम्झौता पत्रमा सिद्धार्थ क्यापिटलसँग बैशाख ३ गते सम्झौता गरेको कम्पनीले सुख्खा याममा पनि अधिकतम विद्युत उत्पादन हुने आयोजनाका लगानीकर्ताले राम्रो प्रतिफल प्राप्त गर्ने बताएको छ ।

Published Date: 18 May 2023


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने