हिम रिभर पावरले २६ करोड ६० लाखको आईपीओ ल्याउने, बिक्रि प्रबन्ध सिद्धार्थ क्यापिटल

हिम रिभर पावरले २६ करोड ६० लाखको आईपीओ ल्याउने, बिक्रि प्रबन्ध सिद्धार्थ क्यापिटल : Icon Khabar

काठमाडौं, जेठ ४ । हिम रिभर पावर लिमिटेडले २६ करोड ६० लाख रुपैयाँ बराबरको आईपीओ ल्याउने भएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका २ मा १६.२६ मेगावाटको आयोजना निर्माण गरिरहेको कम्पनीले २६ लाख ६० हजार कित्ता आईपीओ जारी गर्न लागेको हो ।

आइपीओ जारी गर्नका लागि कम्पनीले सिद्धार्थ क्यापिटललाई बिक्रि प्रबन्ध नियुक्त गरेको छ । लिपिङ खोलामा निर्माण भैरहेको आयोजनाको ६५ प्रतिशत निर्माण कार्य सम्पन्न भैसकेको छ ।

कम्पनीले जारी पुँजीको १० प्रतिशतले हुने १३ करोड ३० लाख रुपैयाँ बराबरको १३ लाख ३० हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि जारी गर्नेछ । बाँकी रहेको १३ करोड ३० लाख मूल्य बराबरको आईपीओ भने आम सर्वसाधारणका लागि निष्काशन हुनेछ ।
सेयर निष्काशन सम्बन्धी सम्झौता पत्रमा सिद्धार्थ क्यापिटलसँग बैशाख ३ गते सम्झौता गरेको कम्पनीले सुख्खा याममा पनि अधिकतम विद्युत उत्पादन हुने आयोजनाका लगानीकर्ताले राम्रो प्रतिफल प्राप्त गर्ने बताएको छ ।

Published Date: 18 May 2023


ताजा
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
ट्रेलम्यापरले गर्‍यो ‘स्ट्रक्चर्ड डेटा’ सम्बन्धी प्यानल छलफल, सुरक्षित र स्मार्ट पर्यटनमा जोड
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु